बोक्रे लोकप्रियताकै लागि गरे सञ्जेलले ३०० सयको बिहे,अन्तत: भन्छन् संस्कृतिलाई पनि मिचिहाल्न सकिँन !
काठमाडाैँ १९,भदाै । बिहेमा जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेको भन्दै शिक्षा अभियन्ता उत्तम सञ्जेल सोमबार एकाएक भाइरल बने । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिए ।
पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।
यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।
तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।
सञ्जेलको बिहे भइरहेको यो तस्वीर सुरुमा त धेरैलाई विश्वसनीय नै लागेन । सञ्जेललाई बदनाम गराउन फोटोसप गरिएको त होइन भनेर धेरैले आशंका गरे ।
तर, सञ्जेलले स्वीकार गरेका छन्, यो फोटोसप गरिएको होइन, साँचो तस्वीर हो ।
खासमा जब ३०० रुपैयाँमा बिहे गरेका सञ्जेल दुलाहा-दुलहीलाई बधाई दिएर जब पाहुनाहरु हिडेँ, त्यसपछि गुहेश्वरीमा नै जग्गे हालेर पूजापाठ गरिएको रहेछ ।
सुरुमा तस्वीर सही होइन होला भन्दै अस्वीकार गरेका सञ्जेलले भने, ‘पूजापाठ, शान्ति स्वस्ति क्या ! आफ्नो, पर्सनल ।’
तर, ३०० रुपैयाँमा सकिएको भनिएको बिहेमा खर्च त थपिएछ नि हैन ? अनलाइनखबरको प्रश्नमा सञ्जेलले भने- ‘अलिकति । चानचुन पैसा ।’
प्रगतिशील संस्कार देखाएको भनेर दिनभर प्रशंसा पाएका सञ्जेलले भन्छन – ‘आफ्नो संस्कृतिलाई पनि मिचिहाल्न सकिँदैन रहेछ ।’
सुन्दा कसैलाई बिस्वास नलाग्ला सकियो ३ सय रुपैयाँमै बिहे
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











