प्रस्तावित प्रधानन्यायाधीश मिश्रविरूद्ध हाँडीगाउँको जग्गा देखि एनसेल प्रकरण सम्मका मुद्दा
जो जोगि आएनि कानै चिरिएका
काठमाडाैँ २१,भदाै । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन्।
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरुद्ध परेका हुन्।
उनीविरूद्धका उजुरी संघीय संसद सचिवालयले खोलेको भने छैन। सुनुवाइ समितिको बैठक शुक्रबारका लागि डाकिएको छ। समितिले उजुरी अध्ययन, उजुरीकर्तासँग छलफलपछि प्रस्तावित प्रधानन्यायाधीशलाई सुनुवाइका लागि बोलाउनेछ।
उनीविरुद्ध सशस्त्रका पूर्वडिजाईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी छ। बलात्कारविरुद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएकोमा प्रश्न उठाएकी छिन्। माइतीघर मण्डलामा सुवेदी लगायत केहीले मिश्रविरुद्ध बिहिबार प्रदर्शनसमेत गरेका छन्।
त्यस्तै नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ।
‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ’, उजुरीकर्ताले लेखेका छन्।
मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन्। उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ। त्यस्तै हाँडीगाउँमा २ अर्ब बजार मुल्यको ३६ रोपनी ६ आना जग्गा नक्कली मोहीको नाममा दर्ता गर्न आदेश दिएको उजुरीसमेत छ।
एनसेलको मुद्दामा करोडौँ घुस खाएर राजश्व छलीमा सहयोग पुर्याएको, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्याएको आरोप उजुरीकर्ताले लगाएका छन्। मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख गरेका छन्।
मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषद्ले मिश्रलाई सिफारिस गरेको हो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












