कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानकाे पनि स्टल रहने
काठमान्डाैँ २५ भदाै, कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानका पनि स्टल रहने भएका छन्।
हाल व्यापारीका मात्रै स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्ने व्यवस्था गर्न लागेको हो।
कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा किसानका लागि केही स्टल छुट्याउने उल्लेख छ।
सोही प्रतिवेदनमा उल्लेख भए अनुसार समितिले अहिले किसानलाई स्टल राख्न दिनेगरी गृहकार्य गरेको छ। समितिका कार्यकारी निर्देशक तेज प्रसाद पोखरेलले कुन ठाउँमा किसानलाई स्टल दिने भनेर अध्ययन भइरहेको जानकारी दिए।
‘किसानले पनि उपयुक्त मूल्य पाउन्, उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागिएको हो’ सेतोपाटीसित उनले भने।
किसानले नै कालिमाटीमा स्टल राखेपछि व्यापारीसँग प्रतिस्पर्धा बढ्न गई तरकारीको मूल्य सन्तुलन हुने सरकारी अनुमान छ।
‘कम्तीमा २०/२२ वटा स्टल किसानका लागि छुट्याइन्छ, त्यहाँ किसान आफैले तरकारी राखेर बेच्छन्’ पोखरेलले भने। यद्यपी किसानका लागि छुट्याइएको स्टल सधै एउटै व्यक्तिको भने हुँदैन। ‘यो अस्थायी हो, जो किसान अघि आउँछ उसैले पहिला स्टल राख्न पाउँछ, उसले बेचेर जान्छ। अनि अर्को किसानले राख्छ’ पोखरेलले थपे।
हाल किसानबाट उपभोक्तासम्म तरकारी आउँदा कम्तीमा तीन बिचौलियाले ढुवानी तथा आफ्नो नाफा राखेर बेच्ने भएकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको छ।
किसानबाट सङ्कलन केन्द्रमा आउँदा एउटा, संकलन केन्द्रबाट थोकमा आउँदा दोस्रो र थोकबाट खुद्रामा जाँदा तेस्रो व्यापारीले आफ्नो नाफा जोडेपछि मात्रै उपभोक्तालाई मूल्य पर्ने गरेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल ५ सय २३ वटा स्टल छन्। जसमा १७ वटा सटरहरू खुला प्रतिष्पर्धाद्वारा भाडामा लगाइएको छ। अन्य खुला स्टलहरू समितिलाई भाडा बुझाउने गरी दिइएको छ। तिनै स्टलमा समेत बिचौलिया बढ्नुले पनि तरकारीमा उपभोक्ता बढी मारमा पर्ने गरेका छन्।
‘एउटा स्टल एकजनाले भाडामा लिने, पुनः अर्कोलाई बढी भाडामा दिने हुँदा पनि तरकारी महँगो पर्न गएको हो’ एक व्यापारीले भने ‘हामीले पनि भाडा बुझाउनुपर्यो, त्यसका लागि पनि नाफा बढी राख्नुपर्छ।’
केही समय अघि आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई दिएको पाइएपछि समितिले ति व्यक्तिसँग स्पष्टिकरण समेत सोधेको थियो।
स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिले असोज १ गतदेखि लागू हुनेगरी सम्झौता खारेज गरेको छ। सम्झौता खारेज गरिएका स्टलमा मोहम्मद जुमैद, इस्राफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतको रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए।
Comments
अरु समाचार
-
आज बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...












