कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानकाे पनि स्टल रहने
काठमान्डाैँ २५ भदाै, कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानका पनि स्टल रहने भएका छन्।
हाल व्यापारीका मात्रै स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्ने व्यवस्था गर्न लागेको हो।
कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा किसानका लागि केही स्टल छुट्याउने उल्लेख छ।
सोही प्रतिवेदनमा उल्लेख भए अनुसार समितिले अहिले किसानलाई स्टल राख्न दिनेगरी गृहकार्य गरेको छ। समितिका कार्यकारी निर्देशक तेज प्रसाद पोखरेलले कुन ठाउँमा किसानलाई स्टल दिने भनेर अध्ययन भइरहेको जानकारी दिए।
‘किसानले पनि उपयुक्त मूल्य पाउन्, उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागिएको हो’ सेतोपाटीसित उनले भने।
किसानले नै कालिमाटीमा स्टल राखेपछि व्यापारीसँग प्रतिस्पर्धा बढ्न गई तरकारीको मूल्य सन्तुलन हुने सरकारी अनुमान छ।
‘कम्तीमा २०/२२ वटा स्टल किसानका लागि छुट्याइन्छ, त्यहाँ किसान आफैले तरकारी राखेर बेच्छन्’ पोखरेलले भने। यद्यपी किसानका लागि छुट्याइएको स्टल सधै एउटै व्यक्तिको भने हुँदैन। ‘यो अस्थायी हो, जो किसान अघि आउँछ उसैले पहिला स्टल राख्न पाउँछ, उसले बेचेर जान्छ। अनि अर्को किसानले राख्छ’ पोखरेलले थपे।
हाल किसानबाट उपभोक्तासम्म तरकारी आउँदा कम्तीमा तीन बिचौलियाले ढुवानी तथा आफ्नो नाफा राखेर बेच्ने भएकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको छ।
किसानबाट सङ्कलन केन्द्रमा आउँदा एउटा, संकलन केन्द्रबाट थोकमा आउँदा दोस्रो र थोकबाट खुद्रामा जाँदा तेस्रो व्यापारीले आफ्नो नाफा जोडेपछि मात्रै उपभोक्तालाई मूल्य पर्ने गरेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा हाल ५ सय २३ वटा स्टल छन्। जसमा १७ वटा सटरहरू खुला प्रतिष्पर्धाद्वारा भाडामा लगाइएको छ। अन्य खुला स्टलहरू समितिलाई भाडा बुझाउने गरी दिइएको छ। तिनै स्टलमा समेत बिचौलिया बढ्नुले पनि तरकारीमा उपभोक्ता बढी मारमा पर्ने गरेका छन्।
‘एउटा स्टल एकजनाले भाडामा लिने, पुनः अर्कोलाई बढी भाडामा दिने हुँदा पनि तरकारी महँगो पर्न गएको हो’ एक व्यापारीले भने ‘हामीले पनि भाडा बुझाउनुपर्यो, त्यसका लागि पनि नाफा बढी राख्नुपर्छ।’
केही समय अघि आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई दिएको पाइएपछि समितिले ति व्यक्तिसँग स्पष्टिकरण समेत सोधेको थियो।
स्पष्टिकरण सोधिएका मध्ये ६ वटा स्टलले कुनै जवाफ नपठाएपछि समितिले असोज १ गतदेखि लागू हुनेगरी सम्झौता खारेज गरेको छ। सम्झौता खारेज गरिएका स्टलमा मोहम्मद जुमैद, इस्राफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र विष्णुकुमार बस्नेतको रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले जानकारी दिए।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











