ताजा समाचार

विदा पछि काममा फर्किएका, दीपकराज जोशीले किन पाएनन् पेसी ?

काठमाडौं २६,भदाै । सोमबार प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्रले शपथ लिएलगत्तै मंगलबार प्रधानन्यायाधीशका हैसियतबाट उनले पेसी तोके ।

सर्वोच्च अदालतको दैनिक पेसीको सूचीमा न्यायाधीश दीपकराज जोशीको नाम भने भेटिएन । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसमेतको नाम कजलिष्टमा रहँदा दीपकराज जोशी भने अटाएनन् ।

प्रधानन्यायाधशीका लागि अस्वीकृत भएका दीपकराज जोशी सोमबारसम्म बिदामा थिए । यद्यपि मंगलबार बिहानै उनी सर्वोच्च अदालतमा आएका छन् । तर उनलाई कुनै मुद्दा हेर्न दिइएन ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार मंगलबार जोशीलाई समेत पेसी तोक्दा अन्य न्यायाधीशले विरोध गर्ने वा इजलाश बहिष्कार गर्ने सम्भावना थियो । यस्तो अवस्थामा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई संकट आउन सक्थ्यो ।

प्रधानन्यायाधीशले अन्य न्यायाधीशसँग छलफलसमेत गर्न भ्याएका थिएनन् । यस्तो अवस्थामा न्यायाधीश जोशीलाई मंगलबार कुनै पेसी नतोकिएको सर्वोच्च प्रशासनले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org