महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिए
काठमाण्डाैँ ३१भदाै, बालुवा तस्करसँग घुस लिइरहेका बेला ९ जना प्रहरी पक्राउपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका इन्चार्ज फेरिएका छन्।
महानगरीय प्रहरी कार्यालयले प्रहरी प्रभाग काँडाघारी र कोटेश्वरका प्रहरी इन्चार्जलाई फिर्ता बोलाएर त्यहा नयाँ इन्चार्ज पठाएको हो।
कोटेश्वर र काँडाघारी वृत्तका प्रहरीले बालुवा व्यवसायीसँग घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शनिबार ९ जना प्रहरीलाई पक्राउ गरेको थियो।
सोही विषयमा प्रहरी प्रभाग कोटेश्वरका प्रमुख निरीक्षक राजु लामालाई हटाएर एलिजा गिरीलाई खटाइएको छ।
काँडाघारीका इन्चार्ज हरि ओझाको ठाउँमा सुधीर राईलाई प्रमुख बनाएर पठाइएको छ।
त्यहाँ कार्यरत अन्य प्रहरीलाई छानबिन गरी अन्यत्र सार्ने तयारी भइरहेको महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले जानकारी दिए।
‘शनिबार पक्राउ परेका प्रहरीबारे पनि हामी बुझ्दैछौं, त्यहाँका अरू प्रहरीबारे पनि बुझ्न थालेका छौं,’ डिआइजी नेउपानेले भने।
अख्तियारको टोलीले काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत सुवास ढुङ्गाना, प्रहरी हबल्दार दीपक भारती, उमेश यादव, अमन चौधरी र प्रहरी जवानतर्फ रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पट्टेललाई रंगेहात पक्राउ गरेको थियो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












