यातायातमा १०% भाडा वृद्धि गर्ने निर्णयप्रति आपत्ति जनाउँदै नेबिसघं ओर्लियो सडकमा
काठमाडौं८ भदाै । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौंमा चक्काजाम गरेको छ ।
सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक घण्टा काठमाडौंको प्रर्दशनी मार्गमा चक्काजाम गरेको हो ।
चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा एक घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रिय उपाध्यक्ष सागर परियारले जानकारी दिए ।
उनले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।
बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले जनविरोधी, अपराधि र राष्ट्रघाती भएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले ६ महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए ।
व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तरगत सोमबार देशभरका क्याम्पसको मूलगेट अगाडि १ घण्टा चक्काजाम गरेका हुन । उनीहरुले बालिकामाथि समेत बलात्कार गर्नेलाई फासीको सजाय दिन नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












