कोटेश्वर–जडीबुटी सडक : तिहारअघि बेलिब्रिज सञ्चालन गरिने
काठमाडाैँ ८,असोज ।कोटेश्वर–जडीबुटी सडकमा जामके समस्या अस्थायी रुपमा समाधान गर्न हनुमन्ते र मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा आउने भएको छ ।
उक्त स्थानमा अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा हनुमन्ते तथा मनोहरा नदीको करिडोर निर्माण अघि बढिरहेका छन् । त्यस्तै पेप्सीकोलादेखि सल्लाघारीसम्म पनि अरनिको राजमार्गको वैकल्पिक सडकका रुपमा सडकको चौडाइ बढाउने कार्य बोलपत्र आह्वान भई निर्माण अघि बढिरहेको छ ।
राजमार्गको सवारी चाप न्यूनीकरण गर्न विभिन्न काम अघि बढे पनि केही मात्रामा स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले निर्माणमा अवरोध गर्ने कार्य गरिरहेका छन् । सरकारले उचित क्षतिपूर्ति नदिएसम्म निर्माण अघि बढाउन नदिने भन्दै पटक पटक आन्दोलन भइरहेका छन् ।
सांसद महेश बस्नेत, सडक विभाग केन्द्रीय कार्यालय ललितपुरका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, पिआइडी दिवाकर ढकाल, स्थानीय जनप्रतिनिधि तथा सरोकार निकायसहितको आइतबार साँझ भएको स्थलगत निरीक्षणपछि बेलिब्रिज बनाउने तयारी भएको हो ।
निरीक्षणका क्रममा पूर्वमन्त्री बस्नेतले भने ‘कोटेश्वर–जडीबुटीमा सवारी जामका कारण लाखौँ मानिसको लामो समय बर्बाद भइरहेको छ र त्यसलाई दीर्घकालीन समस्या समाधान गर्न सुरुङमार्ग, वैकल्पिक मार्गलगायत कार्य अघि बढिरहेको छ । हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेका हौँ ।’
विभागका महानिर्देशक श्रेष्ठले बेलिब्रिज सम्भव भएसम्म आगामी तिहारअघि नै सञ्चालनमा ल्याइने बताए । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणले समेत उक्त स्थानमा सवारी चाप समस्या समाधान गर्न सडक विस्तार, खानेपानी, ढल, पुल, हवाईपुल, स्मार्ट सिटीलगायत कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












