जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदै
हिले दशैंको खतरा छैन, १६ असोजदेखि मनसुन सकिने
काठमाडौं १२, असोज। यसपालीको दशैंमा हिलो बाटो हिँड्नु नपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदैछ ।
अनुमानित मितिभन्दा दुई दिनअघि शुरु भएको मनसुन औसत मितिभन्दा एक साता ढिलो सकिने लागेको हो । यद्यपि, यसपालीको दशैं २५ असोजबाट मात्र सुरु हुने भएकाले मनसुनले छुने छैन ।
नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । तर, पछिल्लो दशकमा यो वर्ष पहिलो पटक औसत मितिभन्दा अगाडि ८ जुनमा मनसुन शुरु भएको थियो ।
विगत दुई दशकमा ६ पटक सेप्टेम्बरमा र १४ पटक अक्टोबरमा मनसुन समाप्त भएको थियो । सन् २०१६ र २०१७ को तुलनामा भने यो वर्ष एक हप्ता पहिला मनसुन सकिन लागेको हो ।
विभागका महादिर्नेशक डा. ऋषिराम शर्मा जलवायु परिवर्तन र मौसमको प्रवृत्तिमा आएको परिवर्तनले गर्दा मनसुन कहिले ढिलो र कहिले छिटो हुँदै आएको बताउँछन् । उनका अनुसार मनसुनमा औसत वर्षा नघटे पनि अतिवृष्टि र अनावृष्टि बढ्दै गएको छ ।
जानकारहरूका जलवायुको परिवर्तनबाट प्रभावित प्रमुख चार देश भित्र नेपाल पनि पर्छ । नेपालको औसत तापक्रम ०.०४ देखि ०.०६ डिग्री सेल्सियस पुगेको छ । हिमाली क्षेत्रको औसत तापक्रम ०.०८ डिग्री सेल्सियस पुगेको छ ।
जलवायु विश्लेषक ङमिन्द्र दाहालका अनुसार तापक्रम वृद्धिको असर मनसुनमा देखिएको हो । नेपालको तापक्रम वृद्धि दर औसतभन्दा माथि पुगिसकेको उनी बताउँछन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












