काठमाडौं र भक्तपुरलाई खानेपानी पुर्याउन मेलाम्ची मात्रै होइन अर्को आयोजना निर्माण तयारी
भक्तपुर १७,असोज। खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ। चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ ले सूर्यविनायक नगरपालिका–१० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा आयोजनाबारे सम्भाव्यता अध्ययन थालेको हो।
जिल्लाको दुई ठाउँमा बाँध बनाइ काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने योजनासहित कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन थालेको हो। टोलीसँगै स्थलगत अध्ययनका लागि सांसद महेश बस्नेत मङ्गलबार सूर्यविनायक–१० चित्तपोल र काभ्रेको साँगा जोड्ने बीचको भाग तथा चाँगुनारायण नगरपालिकाको मुहान पोखरी पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग काठमाडौँ उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौताअनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद बस्नेतले बताए। चीन सरकारको निर्देशनअनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि आएको हो।
बाँध निर्माणसँगै पानी सङ्कलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको छ। यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौँ पठाउन सकिने बस्नेत बताउँछन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले अध्ययन शुरु गरेको हो।
बढ्दो जनसङ्ख्याको चाप र पानीको मागलाई ध्यानमा राखेर अध्ययन थालिएको हो। बाँध निर्माण गर्न चीन सरकारले नेपाललाई दुई प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने सहमति भएको थियो।
‘मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यहाँबाट पानी वितरण गर्न सक्छौँ, बढी भएको पानी काठमाडौँ पठाउन सकिन्छ,’ सांसद बस्नेतले भने।
भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोचमा बाँध बनाइ आशापुरीको पानी ल्याउने र सङ्कलन गरेर शुद्धीकरण गरी खानीपानी वितरण गर्ने योजना छ। यो क्षेत्रमा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा पानी सिँचाइका लागि समेत प्रयोग गर्ने योजना छ। चाँगुनारायण नगरपालिकाको नगरकोटको महादेव खोलाबाट आएको पानीलाई बाँध बनाइ पानी वितरण गर्नेसमेत योजना छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












