करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य
पाँचथर१७ ,असोज । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ ।
पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर जान थालेका हुन् । पहिला गाउँपालिकाको माथिल्लो भेगमा पानीको मूल सुकेको र अहिले तल्लो भेगमा समेत पानीको मुहान पूरै सुकेको र पानी समेत पर्न छोडेपछि खडेरीनै लागेको छ । अधिकांश मानिस यही कारणले झापा, धरान, दमक र जिल्ला सदरमुकाम बसाइँ सरिरहेका छन् ।
पानीका मुहान सुकेपछि धारामा पानी आउन छाडेकाले बसाइँसराइको विकल्प नभएको यामबहादुर ढुङ्गानाले बताए । बसाइँ सरेर गए पनि आफूहरुले घर जग्गा नबेचेको बताउनुहुन्छ ढुङ्गाना । ‘घरजग्गा त्यत्तिकै छोडेर हिँडियो, बाउ बाजेको सम्पत्ती बेच्न माया लाग्छ’, उनेले भने, ‘पानी नभएपछि के गर्ने रु बाबुआमा निकै टाढादेखि पानी पिठ्युँमा बोकेर खान्थे ।’
कुवा तथा धारामा वर्षात्को समयमा केही रसाए जस्तो भए पनि एक गाग्रो पानी भर्न बिहानै जाने गरेको तुम्बेवा १ आहालेका नेत्रबहादुर तामाङले बताए । तामाङले पानी अभावले काकाकुल बन्नु परेकाले नै बसाइँ सरेको बताए । ‘पानी छैन, मान्छेले के खानु र ? वस्तुलाई के खुवाउनु ? मर्न भन्दा त अब बसाइँ सर्न ठीक’, उनले भने । उनका अनुसार पानीको सुविधा भएको भए बसाइँ सर्नु बाध्य हुनुपर्ने थिएन ।
तुम्बेवाको आहाले, चनौटे, लुमाङदिङ, आम्बोटे, माखिम, रातमाटे, थेपाङ, सोभारा, चुवाडे, मेवा, भर्लेनी, तिल्केनी लगायतका गाउँमा पानीको हाहाकार छ । यी ठाउँबाट बसाइँसराइ दर बढी छ । बसाइँसराइले यहाँका अधिकांश गाउँ ४ र ५ घर भन्दा धेरै घर नभएको अतुम्बेवा १ आहालेका वीरेन्द्र कार्कीले गुनासो गरे । बाँकी रहेका पनि विस्तारै बसाइँ सर्ने सोच बनाइरहेको उहाँको भनाइ थियो ।
यस गाउँपालिकाका विद्यालयमासमेत पानीको अभावले बन्द हुने स्थितिमा पुगेका छन् । विद्यार्थी विद्यालय जान छाडेका छन् । विद्यालयमा गएका विद्यार्थी पनि पानीकै कारण चाँडै घर फर्किने गरेको तुम्बेवा गाउँपालिका–१ आहालेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक तीलक दाहालले बताए ।
सो गाउँपालिकाको अति सुख्खाग्रस्त क्षेत्रभित्र परेको सरस्वती आधारभूत विद्यालयले दिनको दुई गाग्रा पानी बोक्न महिनाको तीन हजार तलब दिएर कर्मचारी खटाएको विद्यालयका प्रधानाध्यापक दाहालले बताए ।
पानी खान नपाउँदा विद्यार्थी बीचैका कक्षा छोडेर जान थालेपछि आफूले तलब दिएर कर्मचारी राखेको उहाँले बताउनुभयो । तीन घण्टाको उकालो–ओरालो बाटो हिँडेर दिनमा दुई गाग्रा पानि मात्र ल्याउन सकिन्छ । तर, दुई गाग्रा पानीले पनि विद्यार्थीलाई धान्न गाह्रो भएको छ ।
गाउँपालिकाभित्र करीब ४० सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालय पानी अभावले बन्द हुने स्थितिमा छन् । गाउँपालिकाले विद्यालय बन्द हुन नदिन विशेष प्याकेजको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले जानकारी दिए ।
खानेपानी अभाव टार्न भन्दै ५१ करोड ३० लाख लागतमा तमोर लिफ्ट पम्पिङ प्रणाली आयोजना सञ्चालनका लागि काम भइरहेको छ । त्यही पानीको आसमा गाउँपालिकाका बाँकी स्थानीयवासी बसिरहेका छन् ।
गाउँपालिकाका लागि २०७२÷७३ मा काम शुरु भएको उक्त आयोजनाको काम चाँडै सके यहाँका स्थानीयवासीलाई पानीको सङ्कट कम हुने स्थानीयवासीको भनाइ छ । तर यो काम पनि कछुवाको गतिमा भएको स्थानीवासीको आरोप छ ।
अहिलेसम्म आयोजनाको काम ८० प्रतिशन सकिएको छ । आयोजना छिट्टै सकिने आसमा यहाँका स्थानीयवासी बसेका छन् । यो आयोजना सफल भएमा जिल्लाकै सुख्खाग्रस्त दुई गाँउपालिकाका तुम्बेवा र कुम्मायकका करीब नौ सय घरपरिवारलाई राहत पुग्ने पक्का छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












