करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य
पाँचथर१७ ,असोज । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करिब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ ।
पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर जान थालेका हुन् । पहिला गाउँपालिकाको माथिल्लो भेगमा पानीको मूल सुकेको र अहिले तल्लो भेगमा समेत पानीको मुहान पूरै सुकेको र पानी समेत पर्न छोडेपछि खडेरीनै लागेको छ । अधिकांश मानिस यही कारणले झापा, धरान, दमक र जिल्ला सदरमुकाम बसाइँ सरिरहेका छन् ।
पानीका मुहान सुकेपछि धारामा पानी आउन छाडेकाले बसाइँसराइको विकल्प नभएको यामबहादुर ढुङ्गानाले बताए । बसाइँ सरेर गए पनि आफूहरुले घर जग्गा नबेचेको बताउनुहुन्छ ढुङ्गाना । ‘घरजग्गा त्यत्तिकै छोडेर हिँडियो, बाउ बाजेको सम्पत्ती बेच्न माया लाग्छ’, उनेले भने, ‘पानी नभएपछि के गर्ने रु बाबुआमा निकै टाढादेखि पानी पिठ्युँमा बोकेर खान्थे ।’
कुवा तथा धारामा वर्षात्को समयमा केही रसाए जस्तो भए पनि एक गाग्रो पानी भर्न बिहानै जाने गरेको तुम्बेवा १ आहालेका नेत्रबहादुर तामाङले बताए । तामाङले पानी अभावले काकाकुल बन्नु परेकाले नै बसाइँ सरेको बताए । ‘पानी छैन, मान्छेले के खानु र ? वस्तुलाई के खुवाउनु ? मर्न भन्दा त अब बसाइँ सर्न ठीक’, उनले भने । उनका अनुसार पानीको सुविधा भएको भए बसाइँ सर्नु बाध्य हुनुपर्ने थिएन ।
तुम्बेवाको आहाले, चनौटे, लुमाङदिङ, आम्बोटे, माखिम, रातमाटे, थेपाङ, सोभारा, चुवाडे, मेवा, भर्लेनी, तिल्केनी लगायतका गाउँमा पानीको हाहाकार छ । यी ठाउँबाट बसाइँसराइ दर बढी छ । बसाइँसराइले यहाँका अधिकांश गाउँ ४ र ५ घर भन्दा धेरै घर नभएको अतुम्बेवा १ आहालेका वीरेन्द्र कार्कीले गुनासो गरे । बाँकी रहेका पनि विस्तारै बसाइँ सर्ने सोच बनाइरहेको उहाँको भनाइ थियो ।
यस गाउँपालिकाका विद्यालयमासमेत पानीको अभावले बन्द हुने स्थितिमा पुगेका छन् । विद्यार्थी विद्यालय जान छाडेका छन् । विद्यालयमा गएका विद्यार्थी पनि पानीकै कारण चाँडै घर फर्किने गरेको तुम्बेवा गाउँपालिका–१ आहालेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक तीलक दाहालले बताए ।
सो गाउँपालिकाको अति सुख्खाग्रस्त क्षेत्रभित्र परेको सरस्वती आधारभूत विद्यालयले दिनको दुई गाग्रा पानी बोक्न महिनाको तीन हजार तलब दिएर कर्मचारी खटाएको विद्यालयका प्रधानाध्यापक दाहालले बताए ।
पानी खान नपाउँदा विद्यार्थी बीचैका कक्षा छोडेर जान थालेपछि आफूले तलब दिएर कर्मचारी राखेको उहाँले बताउनुभयो । तीन घण्टाको उकालो–ओरालो बाटो हिँडेर दिनमा दुई गाग्रा पानि मात्र ल्याउन सकिन्छ । तर, दुई गाग्रा पानीले पनि विद्यार्थीलाई धान्न गाह्रो भएको छ ।
गाउँपालिकाभित्र करीब ४० सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालय पानी अभावले बन्द हुने स्थितिमा छन् । गाउँपालिकाले विद्यालय बन्द हुन नदिन विशेष प्याकेजको तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले जानकारी दिए ।
खानेपानी अभाव टार्न भन्दै ५१ करोड ३० लाख लागतमा तमोर लिफ्ट पम्पिङ प्रणाली आयोजना सञ्चालनका लागि काम भइरहेको छ । त्यही पानीको आसमा गाउँपालिकाका बाँकी स्थानीयवासी बसिरहेका छन् ।
गाउँपालिकाका लागि २०७२÷७३ मा काम शुरु भएको उक्त आयोजनाको काम चाँडै सके यहाँका स्थानीयवासीलाई पानीको सङ्कट कम हुने स्थानीयवासीको भनाइ छ । तर यो काम पनि कछुवाको गतिमा भएको स्थानीवासीको आरोप छ ।
अहिलेसम्म आयोजनाको काम ८० प्रतिशन सकिएको छ । आयोजना छिट्टै सकिने आसमा यहाँका स्थानीयवासी बसेका छन् । यो आयोजना सफल भएमा जिल्लाकै सुख्खाग्रस्त दुई गाँउपालिकाका तुम्बेवा र कुम्मायकका करीब नौ सय घरपरिवारलाई राहत पुग्ने पक्का छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












