जुनसुकै बेला सत्याग्रह थाल्ने डा. केसीको चेतावनी, अबको आन्दोलन कुशासनविरुद्ध पनि
काठमाडौं २१,असोज। डा. गोविन्द केसीले आफुसँग यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानार्षण गराएका छन् । उनले नभए जुनसुकै बेला सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।
आफूहरुसँग भएको सम्झौता बमोजिम संशोधन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, बाँकी सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने, त्रिवि पदाधिकारीलाई तत्काल कारवाही गरिनुपर्ने, निर्मला पन्तजस्ता बालबालिका, किशोरी तथा महिलाहरुमाथि भएको हत्या, बलात्कार र हिंसामा संलग्न दोषीमाथि तुरुन्त कारवाही गरिनुपर्ने लगायतका माग अघि सार्दै उनले शनिबार विज्ञप्ति जारी गर्दै अर्को सत्याग्रहको चेतावनी दिएका हुन् ।
“यस्तो अवस्थामा सरकारले एकपछि अर्को गरी हामीसित भएका सम्झौता उल्लंघन गर्ने तथा भ्रष्ट र माफियाहरुका हितमा निरन्तर काम गरिरहेकाले निम्न मागहरुसित कुनै पनि बेला सत्याग्रहलगायत आन्दोलनका कार्यक्रमहरु सुरु गर्ने पुनः जानकारी गराउन चाहन्छौं । साथै अबको आन्दोलन कुशासन गर्ने मुख्य पात्रहरुको विरुद्ध पनि हुने जानकारी गराउँछौं,” जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ उनले शनिबार जारी गरेको प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु
सरकारको गैर जिम्मेवार र जवाफदेहीहिन कार्यले प्रत्येक दिन जसो देशले चुनौतिको सामना गर्नु परिरहेको छ । तसर्थ हामी वारम्वार नागरीकको हैसियतले आवाज उठाउन बाध्य छौ ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउने सबै नागरिकहरुको अधिकार तथा योग्यता अनुसार सस्तो वा निःशुल्क चिकित्सा तथा अन्य स्वास्थ्य सम्बन्धी विषय पढ्न पाउने अधिकारका लागि हामी लड्दै आएको विदितै छ । यसैबीच बारम्बार सरकारसँग हाम्रो सम्झौता भएको तथा बारम्बार तिनको उल्लंघन हुने गरेको पनि यहाँहरुलाई अवगतै छ ।
यसैबीच सरकारले कुनै पूर्वाधार नभएको आवासीय भवनमा काठमाडौंमा स्थापित कथित मेडिकल कलेजलाई हालै गैर कानुनी रुपमा अस्पताल सञ्चालनको अनुमति दिएकोमा त्यसप्रति कडा आपत्ति प्रकट गर्दै तुरुन्त आम नागरिकको स्वास्थ्यमा गम्भीर खेलवाड गर्ने सो निर्णय खारेज गर्न ध्यानाकर्षण गराउँछौं । सञ्चालन भएको ८ वर्षसम्म स्वास्थ्य मन्त्रालय अन्र्तगतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.वि.वि.एस लगायतका शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याउन उदासिनता देखाउनु तर विना पूर्वाधारको भवनलाई अस्पताल संचालन गर्नदिने निर्णयले स्वास्थ्य मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीहरु भ्रष्ट मानसिकताले ग्रस्त भएको स्पष्ट हुन्छ।
हालै काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमहरुमा अत्यधिक र नाजायज रुपमा शुल्क बढाउने निर्णय गरेका छन् । यस अगाडि सरकारले एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क तोकेर कार्यान्वयन गरिसकेको अवस्थामा तुरुन्त सो शुल्क वृद्धि खारेज गर्दै यस पछाडि बन्ने चिकित्सा शिक्षा आयोगलाई शुल्क निर्धारण सम्बन्धी सबै काम छाडिदिन ध्यानाकर्षण गराउँछौं ।
न्यायिक जाँचबुझ आयोगले भ्रष्ट ठहर्याइ बर्खास्ती लगायत कारवाहीको सिफारिश गरेका त्रिवि पदाधिकारीहरु अहिले पनि मेडिकल माफियाको स्वार्थ बमोजिम अनेक अवाञ्छित कार्यहरुमा संलग्न छन् । पछिल्लो पल्ट राजनीतिक भागवण्डा मार्फत पार्टीका भ्रष्ट कार्यकर्तालाई त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रयासमा महिनौं सम्म सो पद खाली राखेका छन् । अहिले पनि त्यस्तै कार्यकर्ताहरुको नियुक्ति गर्नका लागि दलीय भागवण्डाका आधारमा सर्च कमिटि बनाउने प्रयास भइरहेको छ । त्यस्तै गैर कानुनी रुपमा आइओएमबाट खोसेर लगिएको सम्बन्धन, सिट र शुल्कसम्बन्धी अधिकारहरुको दुरुपयोग गर्दै स्नातक तहको शुल्क नाजायज रुपमा वृद्धि गर्ने र माफियाहरुलाई पोस्ने समेत उनीहरुको प्रयास रहेको छ । चिकित्सा शिक्षा आयोग बनेपछि आयोगको निर्णय बमोजिम हुने गरी हाल कुनै पनि हालतमा शुल्क वृद्धि नगर्न ध्यानाकर्षण गराउन चाहन्छौं । साथै दलीय भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने कुनै पनि प्रयास मान्य नहुने जानकारी गराउँछौं ।
चिकित्सा शिक्षा जस्तो संवेदनशील क्षेत्रमा क्षेत्र अधिकार मिचेर अदालतले सम्वन्धन दिने गलत फैसला र स्वच्छ, निस्पक्ष र नियमसंगत संचालन गरिएको प्रवेश परीक्षाहरुको नतिजालाई वारवार अन्तरिम आदेश दिनु दुर्भाग्यपूर्ण हो ।
माफिया र भ्रष्ट नेताहरुको स्वार्थ अनुरुप शिक्षा मन्त्रीले बनाएको चिकित्सा शिक्षा ऐनको तत्कालीन विधेयक विरोध नभएको भए रातारात पारित हुने थियो । तर जनतामुखी र विद्यार्थीमुखी हुने गरी ऐन पारित गर्न सरकारले हामीसित सम्झौता गरिसकेको अवस्थामा समेत उक्त विधेयक अलपत्र पारेर संसदको अधिवेशन अन्त गरियो ।
अर्कोतिर देशमा चरम् दण्डहीनता मौलाइरहेको छ । प्रहरीलगायत सिंगो राज्य संरचना अपराध नियन्त्रण गर्नुको सट्टा अपराधीलाई संरक्षण गर्न तथा अपराधका प्रमाणहर नष्ट गर्नमा लिप्त छन् । राजनीतिक नेतृत्वले यही दण्डहीनता कायम राखेर आफ्ना नामबाट दलाल, माफिया र बिचौलियाहरुलाई देश चलाउन छाडिदिएको छ । फलस्वरुप जनतामुखी र विद्यार्थीमुखी ऐन आउन नदिन अनेकौ वाधा अवरोध खडा गरीरहेका छन । माफियाको पक्षपोक्षण गर्न हरेक वर्ष सम्झौता विरुद १० औ लाख शुल्क वृदि गरेर जनता लुटिरहेका छन् भने प्रधानमन्त्रीले भ्रष्टाचारप्रति शुन्य संवेदनशीलताको नारा लगाए पनि सबैभन्दा बढी भ्रष्टाचार अहिलेको सरकारमा छ तथा भ्रष्टहरुलाई सरकार तथा राजनितिक दलले प्रशय दिने मात्र नभएर प्रोत्साहन तथा पुरस्कृत गर्ने गरेको छ । अर्कातर्फ निर्मला पन्त जस्ता बालबालिका, किशोरी तथा महिलाहरु दिनानुदिन बलात्कार र हत्यालगायत जघन्य अपराधका शिकार मात्रै भइरहेका छैनन्, तिनका अपराधीहरु खुलेआम हिंडिरहेका छन् भने न्यायको खोजीमा भौंतारिएका तिनका आफन्तहरु प्रधानमन्त्री लगायत सिंगो राज्य संयन्त्रबाट प्रताडित भइरहेका छन् ।
यस्तो अवस्थामा सरकारले एकपछि अर्को गरी हामीसित भएका सम्झौता उल्लंघन गर्ने तथा भ्रष्ट र माफियाहरुका हितमा निरन्तर काम गरिरहेकाले निम्न मागहरुसहित कुनै पनि बेला सत्याग्रहलगायत आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने पुन जानकारी गराउन चाहन्छौं । साथै अबको आन्दोलन कुशासन गर्ने मुख्य पात्रहरुको विरुद्ध पनि हुने जानकारी गराउँछौं ।
मागहरुः
१) हामीसित भएको सम्झौता बमोजिम संशोधन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
२) हामी सित भएका बाँकी सम्झौता तत्काल कार्यान्वयन गरियोस्ः
क. त्रिविका भ्रष्ट पार्टीका कार्यक्रर्ता उपकुलपति तिर्थ खनिया र अरु उच्च पदाधिकारीहरु लगायतका गौरी बहादुर कार्की आयोगले दोषी ठहर्याएका व्यक्तिहरुलाई तत्काल सिफारिश वमोजिम कार्वाही गर्ने ।
ख. त्रिविका भ्रष्ट पदाधिकारीहरुले आईओएम मा निहित सम्वन्धन दिने,शुल्क र सिट संख्या निर्धारण गर्ने खोसिएको अधिकार तुरुन्त फिर्ता गर्ने र यस संस्थालाई पूर्ण स्वायत्तता प्रदान गर्ने ।
ग. केही पूर्वाधार नपूगी तथाकथित काठमाडौं नेशनललाई अस्पताल संचालन गर्न दिने गैर कानुनी अनुमति तुरुन्त फिर्ता गर्ने र चिकित्सा शिक्षा आयोग नबने सम्म जनतामारा शुल्क वृदि रोकी हामी सँग भएका सम्झौता अनुरुप नै कायम गरीयोस् ।
३. निर्मला पन्त जस्ता बालबालिका, किशोरी तथा महिलाहरु माथि भएको हत्या,वलत्कार र हिंसामा संलग्न दोषी माथि तुरुन्त कारवाही गरियोस् ।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल
महाराजगन्ज
मिति २०७५/६/२०
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












