प्रहरी संगठनमा रहेका किरा धमिरा टिपेर फाल्ने छुः आईजीपी सर्वेन्द्र खनाल
काठमाडौं २१ ,असाेज। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ ।
प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै आईजीपी खनालले आफू प्रहरीभित्र रहेका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताए । ‘केही पदाधिकारीले गर्दा तपाईं हामी र सिंगो संगठनमाथि नै लान्छना आउने गरेको छ,’ उनले अघि भने, ‘त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’
प्रहरीले कुनै गल्ती गर्नु हुँदैन भन्ने अपेक्षा जनताको रहेको भन्दै उनले हरेकले ‘म प्रहरी हुँ, राम्रो गर्नुपर्छ र गलत बाटोमा लागेको साथीलाई सच्याउनुपर्छ’, भन्ने भावनाले काम गर्ने हो भने यो सम्भव भएको धारणा राखे ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












