किसानको सरकारी अनुदान, कता जान्छ?
दशैंको मुखमा विचौलियाबाट ठगिने किसानको चिन्ता
काभ्रे २१, असोज। ढुंखर्कका अर्जुन तिमल्सिना बेथानचोक गाँउपालिकाकै नमूना किसान हुन् । उनले सिजन अनुसार फरक फरक खालका तरकारी खेती गर्दै आएका छन् । उनलसात रोपनी जग्गामा आलु, मुला, बन्दा र काउलीको खेती गर्दछन् ।
मण्डनदेउपुर नगरपालिका-८ का ध्रुव पराजुली दुध उत्पादक कृषक हुन् । उनको परिवार दुध बेचेर आएको आम्दानीमै आश्रीत छ । लड्कुका सुरेन्द्र श्रेष्ठले व्यावसायिक रुपमा गरेको मुला खेतीबाट बाषिर्क ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
तर यसरी विहानदेखि बेलुकासम्म हाडछाला गरेर उत्पादन हुने तरकारीको मुल्यमा बिचौँलियाको हालिमुहाली त छदै छ, उता सरकारी अनुदानसमेत एउटै व्यक्तिलाई पटक-पटक विभिन्न नाममा अनुदान दिदा उनीहरुजस्ता किसान मारमा पर्दै आएका छन् । तिमल्सिना, पराजुली र श्रेष्ठलाई सरकारी निकायबाट दुध र नगदेवालीमा अनुदान हुन्छ भन्ने सम्म थाहा छैन ।
काभ्रेको पाँचखाल, पनौती, बनेपाको नालाका किसानले आलु महोत्सवमा इच्छा नदेखाएपछि आर्थिक बर्षको अन्तिममा बजेट सक्न ढुंखर्कमा आलु महोत्सव गरियो, तामझामका साथ । सिजन सकिए पनि किसानका खेतमा केही दिन आलु खन्न रोकियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु) सुपरजोन मार्फत कति बजेट सकियो त्यो सार्वजनिक भएन तर किसानको कानसम्म आलु महोत्सव पुग्नै सकेन ।
चलाल गणेशस्थानका माइलाबहादुर तामाङले भने एकै किसान १० बर्षसम्म अगुवा बन्दा आश्चर्यभाव प्रकट गर्न थालेका छन् । ‘१० बर्षसम्म निरन्तर एकै व्यक्ति कसरी अगुवा किसान बनीरहन सक्छ’ उनले भने । ‘आफूहरुले निरन्तर दुख गर्दा पनि राम्रो काम गरेर पनि किन अगुवा बन्न सकेका छैनौ ।’
स्थानीय तहको निर्वाचन नहुँदा कर्मचारीसँगको मिलोमतोमा अगुवा किसान बनेकाहरुलाई जनप्रतिनिधिले समेत लालमोहोर लगाएको तामाङको आरोप छ ।
उनको आरोप यस्तो सत्य छ कि देशको कूल बजेटको ३० प्रतिशतभन्दा धेरै लगानी भए पनि वास्तविक किसानसम्म तोकिएको अनुदान किसानसम्म पुग्नै सकेको छैन ।
सरकारले वर्षेनी किसानको नाममा लाखौंको अनुदान दिए पनि समाजका टाठा बाठाले सरकारी बजेट असार मसान्तमा कुम्ल्याउने गरेको किसानहरुको गुनासो छ । ‘असारमा मात्रै किसानका नाममा अनुदान दिने प्रवृत्ति अन्त्य हुनुपर्छ’, उनले थपे, ‘अब किसानलाई दिने अनुदान दलालमार्फत मात्रै पाउनु कत्तिको गज्जव हो त ?’
जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधिनुकीकरण -सुपरजोन), तरकारी उत्पादन, कुखुरा पालन, पशुपालन, विषादी न्युनिकरण, भकारो सुधार कार्यक्रम जस्ता किसानका नाममा कार्यक्रम सञ्चालन सरकारी निकायबाट हुदै आए पनि कर्मचारी र केही जनप्रतिधिहरुको हालीमुहालीमा वास्तविक किसानहरु सम्म नपुगेको कार्यक्रम पुग्न नसकेको उनीहरुले बताए ।
‘अनुदानमा सरकारी कर्मचारी र केही जनप्रनिधिका आफन्तले हालीमुहाली गर्ने गर्दा वास्तविक किसानहरुलाइ सरकारले दिएको अनुदान वालुवामा पानी बनेको छ’, मण्डनदेउपुरका, सुवास मोक्तानले भने ‘हामीले असारमा मात्रै अनुगमन आउदा सरकारी गाडि देखेपछि थाहा पाउछौं, कि हाम्रो गाउमा किसानहरुका लागि पनि सरकारले अनुदान दिएछ ?’
अहिले त किसानका नाममा विचौलियासंग मिल्नेहरुकै हालीमुहाली त छ । बनेपामा बिहान १५ रुपैयाँ किलोमा बेचेको मुला, दिउसो ४५ रुपैया किलो पुग्ने किसानहरुको गुनासो छ ।
‘माफिया र दलालहरुले रगत पसिना पिउने मात्रै भाको छ, यो दशैँमा हामीले उत्पादन गर्ने आलु, गोडभेडा, काउली, मुला, लसुन प्याज र अन्य तरकारीमा अहिले नै दलालहरुको खेलमा परिसक्यो’ उनले दुखेसो गरे ।
दुध, तरकारी, मासु र अन्नबाली उत्पादनस्थल मानिएको काभ्रेमा विभिन्न कृषि परियोजनाको नाममा किसानहरु माथि नै लुट मच्चाउने काम भएको मोक्तान गुनासो गर्छन् ।
२ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने भएपनि वास्तविक किसानसम्म सरकारी राहत आउछ भन्ने सम्म थाहा छैन । ।
काभ्रे जिल्लामा ९ हजार ६ सय २ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिक टन तरकारी उत्पादन हुन्छ । जसमध्ये दैनिक १ करोड १० लाख बराबरको तरकारी बिक्रीका लागि बजार जान्छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












