किसानको सरकारी अनुदान, कता जान्छ?
दशैंको मुखमा विचौलियाबाट ठगिने किसानको चिन्ता
काभ्रे २१, असोज। ढुंखर्कका अर्जुन तिमल्सिना बेथानचोक गाँउपालिकाकै नमूना किसान हुन् । उनले सिजन अनुसार फरक फरक खालका तरकारी खेती गर्दै आएका छन् । उनलसात रोपनी जग्गामा आलु, मुला, बन्दा र काउलीको खेती गर्दछन् ।
मण्डनदेउपुर नगरपालिका-८ का ध्रुव पराजुली दुध उत्पादक कृषक हुन् । उनको परिवार दुध बेचेर आएको आम्दानीमै आश्रीत छ । लड्कुका सुरेन्द्र श्रेष्ठले व्यावसायिक रुपमा गरेको मुला खेतीबाट बाषिर्क ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
तर यसरी विहानदेखि बेलुकासम्म हाडछाला गरेर उत्पादन हुने तरकारीको मुल्यमा बिचौँलियाको हालिमुहाली त छदै छ, उता सरकारी अनुदानसमेत एउटै व्यक्तिलाई पटक-पटक विभिन्न नाममा अनुदान दिदा उनीहरुजस्ता किसान मारमा पर्दै आएका छन् । तिमल्सिना, पराजुली र श्रेष्ठलाई सरकारी निकायबाट दुध र नगदेवालीमा अनुदान हुन्छ भन्ने सम्म थाहा छैन ।
काभ्रेको पाँचखाल, पनौती, बनेपाको नालाका किसानले आलु महोत्सवमा इच्छा नदेखाएपछि आर्थिक बर्षको अन्तिममा बजेट सक्न ढुंखर्कमा आलु महोत्सव गरियो, तामझामका साथ । सिजन सकिए पनि किसानका खेतमा केही दिन आलु खन्न रोकियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु) सुपरजोन मार्फत कति बजेट सकियो त्यो सार्वजनिक भएन तर किसानको कानसम्म आलु महोत्सव पुग्नै सकेन ।
चलाल गणेशस्थानका माइलाबहादुर तामाङले भने एकै किसान १० बर्षसम्म अगुवा बन्दा आश्चर्यभाव प्रकट गर्न थालेका छन् । ‘१० बर्षसम्म निरन्तर एकै व्यक्ति कसरी अगुवा किसान बनीरहन सक्छ’ उनले भने । ‘आफूहरुले निरन्तर दुख गर्दा पनि राम्रो काम गरेर पनि किन अगुवा बन्न सकेका छैनौ ।’
स्थानीय तहको निर्वाचन नहुँदा कर्मचारीसँगको मिलोमतोमा अगुवा किसान बनेकाहरुलाई जनप्रतिनिधिले समेत लालमोहोर लगाएको तामाङको आरोप छ ।
उनको आरोप यस्तो सत्य छ कि देशको कूल बजेटको ३० प्रतिशतभन्दा धेरै लगानी भए पनि वास्तविक किसानसम्म तोकिएको अनुदान किसानसम्म पुग्नै सकेको छैन ।
सरकारले वर्षेनी किसानको नाममा लाखौंको अनुदान दिए पनि समाजका टाठा बाठाले सरकारी बजेट असार मसान्तमा कुम्ल्याउने गरेको किसानहरुको गुनासो छ । ‘असारमा मात्रै किसानका नाममा अनुदान दिने प्रवृत्ति अन्त्य हुनुपर्छ’, उनले थपे, ‘अब किसानलाई दिने अनुदान दलालमार्फत मात्रै पाउनु कत्तिको गज्जव हो त ?’
जिल्लामा सञ्चालन भएको प्रधानमन्त्री कृषि आधिनुकीकरण -सुपरजोन), तरकारी उत्पादन, कुखुरा पालन, पशुपालन, विषादी न्युनिकरण, भकारो सुधार कार्यक्रम जस्ता किसानका नाममा कार्यक्रम सञ्चालन सरकारी निकायबाट हुदै आए पनि कर्मचारी र केही जनप्रतिधिहरुको हालीमुहालीमा वास्तविक किसानहरु सम्म नपुगेको कार्यक्रम पुग्न नसकेको उनीहरुले बताए ।
‘अनुदानमा सरकारी कर्मचारी र केही जनप्रनिधिका आफन्तले हालीमुहाली गर्ने गर्दा वास्तविक किसानहरुलाइ सरकारले दिएको अनुदान वालुवामा पानी बनेको छ’, मण्डनदेउपुरका, सुवास मोक्तानले भने ‘हामीले असारमा मात्रै अनुगमन आउदा सरकारी गाडि देखेपछि थाहा पाउछौं, कि हाम्रो गाउमा किसानहरुका लागि पनि सरकारले अनुदान दिएछ ?’
अहिले त किसानका नाममा विचौलियासंग मिल्नेहरुकै हालीमुहाली त छ । बनेपामा बिहान १५ रुपैयाँ किलोमा बेचेको मुला, दिउसो ४५ रुपैया किलो पुग्ने किसानहरुको गुनासो छ ।
‘माफिया र दलालहरुले रगत पसिना पिउने मात्रै भाको छ, यो दशैँमा हामीले उत्पादन गर्ने आलु, गोडभेडा, काउली, मुला, लसुन प्याज र अन्य तरकारीमा अहिले नै दलालहरुको खेलमा परिसक्यो’ उनले दुखेसो गरे ।
दुध, तरकारी, मासु र अन्नबाली उत्पादनस्थल मानिएको काभ्रेमा विभिन्न कृषि परियोजनाको नाममा किसानहरु माथि नै लुट मच्चाउने काम भएको मोक्तान गुनासो गर्छन् ।
२ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने भएपनि वास्तविक किसानसम्म सरकारी राहत आउछ भन्ने सम्म थाहा छैन । ।
काभ्रे जिल्लामा ९ हजार ६ सय २ हेक्टर क्षेत्रफल जमिनमा वार्षिक १ लाख ६२ हजार ७ सय ५२ मेक्ट्रिक टन तरकारी उत्पादन हुन्छ । जसमध्ये दैनिक १ करोड १० लाख बराबरको तरकारी बिक्रीका लागि बजार जान्छ ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












