चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने
काठमाडौं २१, असोज। मुलुकभित्र र चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने भएको छ।
दशैंलाई लक्षित गरि मनाङ, मुस्ताङ र उत्तरी छिमेकी चीनबाट ल्याइएका च्याङ्ग्रा कलंकीस्थित खसिबजारमा सोमबार आइपुग्ने काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताए। उपत्यकामा खाद्य संस्थानले एक हजार र निजी क्षेत्रका व्यावसायीले तीन हजार हाराहारी च्याङ्ग्रा ल्याउन लागेका छन्।
विगतका वर्षमा दशैंका बेला ५० हजार भन्दा बढी खसीबोका आउने गरेको छ। दशैंमा खपत हुने खसीबोका मध्ये ६० प्रतिशत भारतबाटै आउँछ। अरु समयमा भने ५० प्रतिशत भन्दा बढी नेपाली खसीबोकालेनै माग धान्ने गरेको उनले बताए।खाद्य संस्थानले भने असोज २४ गते घटस्थापनाको दिन मात्रै खसीबोका तथा च्याङ्ग्रा काठमाडौमा ल्याउने योजना बनाएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए।
खाद्य संस्थानमा खसीबोका राख्न समस्या हुने र हिमाली जिल्लाबाट ल्याएका च्याङ्ग्रा धेरै दिन सम्म काठमाडौमा राख्दा तापक्रम नमिलेर मर्ने भएकाले ढिला ल्याउन लागिएको हो। संस्थानले एक हजार च्याङ्ग्रा र एक हजारनै खसीबोका काठमाडौं ल्याउँदैछ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












