चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने
काठमाडौं २१, असोज। मुलुकभित्र र चीनबाट ल्याइएको च्याङग्रा काठमाडौंमा सोमबार आइपुग्ने भएको छ।
दशैंलाई लक्षित गरि मनाङ, मुस्ताङ र उत्तरी छिमेकी चीनबाट ल्याइएका च्याङ्ग्रा कलंकीस्थित खसिबजारमा सोमबार आइपुग्ने काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका निर्देशक जीवनराज खतिवडाले बताए। उपत्यकामा खाद्य संस्थानले एक हजार र निजी क्षेत्रका व्यावसायीले तीन हजार हाराहारी च्याङ्ग्रा ल्याउन लागेका छन्।
विगतका वर्षमा दशैंका बेला ५० हजार भन्दा बढी खसीबोका आउने गरेको छ। दशैंमा खपत हुने खसीबोका मध्ये ६० प्रतिशत भारतबाटै आउँछ। अरु समयमा भने ५० प्रतिशत भन्दा बढी नेपाली खसीबोकालेनै माग धान्ने गरेको उनले बताए।खाद्य संस्थानले भने असोज २४ गते घटस्थापनाको दिन मात्रै खसीबोका तथा च्याङ्ग्रा काठमाडौमा ल्याउने योजना बनाएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए।
खाद्य संस्थानमा खसीबोका राख्न समस्या हुने र हिमाली जिल्लाबाट ल्याएका च्याङ्ग्रा धेरै दिन सम्म काठमाडौमा राख्दा तापक्रम नमिलेर मर्ने भएकाले ढिला ल्याउन लागिएको हो। संस्थानले एक हजार च्याङ्ग्रा र एक हजारनै खसीबोका काठमाडौं ल्याउँदैछ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












