नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने
काठमाडौं २१ असोज। नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने विषयको अध्ययन पूरा भएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अध्ययन अनुसार टेलिकमको वृद्धि विकास तथा क्षमता बढाउनका लागि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार आवश्यक रहेको पाइएको हो।
सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललका अनुसार सञ्चार मन्त्रालयले लामो समयदेखि उक्त विषयमा अध्ययन गरिरहेको थियो । उक्त अध्ययनले ३० प्रतिशत सेयर बिक्री गरेर नयाँ साझेदार भित्र्याउन सकिने देखाएको छ।
उक्त अध्ययन रिर्पोटलाई सञ्चार मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको ढकालले जानकारी दिए । उनका अनुसार सञ्चार मन्त्रालयले अध्ययन तथा प्रस्ताव मात्र गर्ने अधिकार छ। त्यसको लागि अरु आर्थिक विषयका बारेमा हेर्न भनेको अर्थ मन्त्रालय हो । त्योभन्दा माथि निर्यण गर्नुपर्यो भने मन्त्रिपरिषद् भने पुग्नु र्ने हुन्छ। त्यसकारणले साझेदार भित्र्याउने विषयलाई अघि बढाउने वा नबढाउने अर्थको हातमा पुगेको छ।
रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए (ड्यू डिलिजेन्स अडिट) सम्पन्न पनि भइसकेको छ।
१९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाईमा पुगेको छ। बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो । म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रपोजल आह्वानको तयारीसहितको प्रतिवेदन तयार गरेको छ।
जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












