नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने
काठमाडौं २१ असोज। नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गरी अन्तर्राष्ट्रिय रणनीतिक साझेदार भित्र्याउने विषयको अध्ययन पूरा भएको छ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको अध्ययन अनुसार टेलिकमको वृद्धि विकास तथा क्षमता बढाउनका लागि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार आवश्यक रहेको पाइएको हो।
सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललका अनुसार सञ्चार मन्त्रालयले लामो समयदेखि उक्त विषयमा अध्ययन गरिरहेको थियो । उक्त अध्ययनले ३० प्रतिशत सेयर बिक्री गरेर नयाँ साझेदार भित्र्याउन सकिने देखाएको छ।
उक्त अध्ययन रिर्पोटलाई सञ्चार मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेको ढकालले जानकारी दिए । उनका अनुसार सञ्चार मन्त्रालयले अध्ययन तथा प्रस्ताव मात्र गर्ने अधिकार छ। त्यसको लागि अरु आर्थिक विषयका बारेमा हेर्न भनेको अर्थ मन्त्रालय हो । त्योभन्दा माथि निर्यण गर्नुपर्यो भने मन्त्रिपरिषद् भने पुग्नु र्ने हुन्छ। त्यसकारणले साझेदार भित्र्याउने विषयलाई अघि बढाउने वा नबढाउने अर्थको हातमा पुगेको छ।
रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए (ड्यू डिलिजेन्स अडिट) सम्पन्न पनि भइसकेको छ।
१९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाईमा पुगेको छ। बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो । म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रपोजल आह्वानको तयारीसहितको प्रतिवेदन तयार गरेको छ।
जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












