विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको छः प्रधानन्यायाधीश
काठमाडौं२३, असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको बताएका छन् ।
मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजित गरेको चियापान कार्यक्रममा उनले विचाराधीन मुद्दामा समाचार लेखिदिँदा अदालत, मानव अधिकार र न्यायलाईसमेत क्षति भएको बताएका हुन् ।
‘सबैभन्दा पहिले चेतनशील हुनुपर्ने कामचाहिँ हजुरहरुको काम छ’ उनले पत्रकारलाई संबोधन गर्दै भने ‘अलि हामीलाई अप्ठेरो पर्ने, मिडियाको जो हुन्छ, विचाराधीन मुद्दामा लेखिरहेका छन् । विचाराधीन मुद्दामा लेखरिहँदा अदालतलाई क्षति पुर्याइराखेको छ, मानव अधिकारलाई क्षति पुर्याइराखेको छ, न्यायलाई क्षति पुर्याइरहेको छ । त्यो कुराचाहिँ हुन दिनु हुँदैन ।’
अदालतमा केही कमजोरी देखिएमा बाहिर गएर भन्नुभन्दा आफूहरुलाई भन्न उनले आग्रह गरे । ‘हामीलाई गल्ती देख्नुहुन्छ भने बाहिर गएर भन्नुभन्दा हामीलाई आफै सम्पर्क गरेर भन्न सकियो’ प्रधानन्यायाधीश मिश्रले भने ।
जुनसुकै निकायमा पनि सुधार गर्नुपर्ने विषय रहने भन्दै उनले अदालतमा पनि सुधार गर्नुपर्ने ठाउँहरु रहेको बताए । ‘जुन निकायमा सुधारको ठाउँ रहँदैन त्यो निकाय अगाडि बढ्न सक्दैन । त्यसैले हामीमा पनि सुधारको धेरै सम्भावना छ । हामीले केही सुधार पनि गरिरहेका छौं ।’ अदालत सुधार आफूहरुको प्रयासले मात्र नहुने भन्दै उनले कानून व्यवसायी, वर्तमान तथा भूतपूर्व महान्यायाधीवक्तासँग पनि सहयोग मागिरहेको बताए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...












