अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ
फिदिम २४ असोज।माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो ।
पाँचथरमा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट दैनिक झण्डै ४०० किलो मासु बिक्री वितरण हुने गरेको पाइएको छ । बिक्री वितरण व्यवस्थित र स्वच्छ रुपमा बिक्री वितरण हुन नसकेको अनुगमन टोलीको निष्कर्ष छ । दशैँलगायत पर्वलाई केन्द्रित गरी टोलीले यहाँका माछा मासु पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा माछा मासु काट्ने हतियारमा खिया लाग्नुका साथै राम्रोसँग सफा नगरेको पाइएको छ । “माछा मासु पसलमा सरसफाइ न्यून रहेको पाइएको छ,” जिल्ला पशुसेवा कार्यालयका पशु सेवा प्राविधिक नीरज भट्टराईले भने “पशुको बध गर्ने स्थान निकै फोहर रहेको पाइएको छ । बिक्री वितरण गर्ने स्थान दुर्गन्धित हुँदा मासुको स्वच्छतामा कमी पाइएको छ ।”
अनुगमनका क्रममा बधशाला र बिक्री स्थलमा पानीको निकास र सरसफाइ हुन नसकेको, साँघुरो ठाउँमा राँगा तथा बङ्गुरको मासु बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले व्यवसाय दर्ता नगरी सञ्चालित माछा मासु पसललाई कानूनी दायरामा ल्याउन सुझाव दिएको छ । अनुगमनमा पशुसेवासँगै जिल्ला प्रशासन, जिल्ला प्रहरी, फिदिम नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । रासस
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












