सिन्धुलिमा नेकपाका कमिटी एकीकरण, दुई नगरसहित ५ पूर्वएमाले र ४ पूर्वमाओवादीको नेतृत्व
काठमाडौं २६, असोज । केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपनि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका छन् ।
३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण भएका हुन् । यद्यपि, नेकपाको जिल्ला कमिटीको एकीकरण भने भएको छैन ।
तत्कालीन एमालेका जिल्ला इन्चार्ज कमलजंग राई र अध्यक्ष प्रदीप कटुवाल तथा तत्कालीन माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार र संयोजक राजन दाहालले संयुक्त रुपमा परिपत्रमार्फत स्थानीय तहको एकीकरण टुंगो लगाएका हुन् ।
जिल्लाका ९ स्थानीय तहमध्ये दुबै नगरपालिका सहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ ।
तत्कालीन माओवादीले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव पाएको छ भने पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।
पूर्वएमालेले अध्यक्ष पाएकामध्ये दुधौली नगरपालिकामा लक्ष्मण कार्की, कमलामाई नगरपालिकामा चुडामणी श्रेष्ठ, तीनपाटन गाउँपालिकामा छत्रवहादुर दाहाल, फिक्कलमा रामप्रसाद भण्डारी र हरिहरपुरगढीमा मानवहादुर वाइबा छन् ।
त्यस्तै पूर्व माओवादीले अध्यक्ष पाएका गाउँपालिकामध्ये गोलन्जरमा केपी पोखरेल, सुनकोशीमा रामेनारज गिरी, घ्याङलेखमा शंकरराज घलान र मरिणमा गोपाल बुढाथोकी छन् ।
त्यस्तै पूर्वएमालेले सचिव पाएका गाउँपालिकामध्ये गोलन्जरमा रेगन थापा, सुनकोशीमा लालवहावदुर थापा, मरिणमा हरिकुमार स्याङतान र घ्याङलेखमा दिनेश लो छन् ।
पूर्वमाओवादीले सचिव पाएकामध्ये दुधौलीमा दीपक खड्का, कमलामाइमा केशरबहादुर कार्की, तीनपाटनमा आनन्द कार्की, फिक्कलमा मुरारी भण्डारी र हरिहरपुरगढीमा बाबुराम राई छन् ।
नेकपाको जिल्ला कमिटीले गाउँ र नगरप कमिटीमा समावेश गर्ने व्यक्तिको नाम शनिबारसम्म सिफारिस गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएको छ ।
नेकपाको जिल्ला कार्यालय तत्कालीन एमालेको जिल्ला कार्यालय आजाद स्मृति भवनमा सन्चालन हुनेसमेत जनाइएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











