यातयात व्यवसायीको मन लागि, अग्रिम टिकट नपाएकासँग दोब्बर भाडा असुल्दै
काठमाडौं २६, भदौ। दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवरीका यात्रुलाई बढी भाडको मार परेको छ । कलंकी र कोटेश्वर र नयाा तथा पुरानो बसपार्क बाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ ।
नाकाहरुमा यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् ।
बल्खुबाट चल्ने टाटा सुमोहरुले दोब्बरसम्म भाडा उठाउँदा पनि ट्राफिक प्रहरीले कुनै कारवाही गरेको छैन । बल्खुबाट दक्षिणकली-हेटौंडा हुँदै सर्लाहीसम्म चल्ने सुमोहरुले दोब्बर भाडा अशुलिरहेका छन् ।
बल्खुमा हेटौंडा जानका लागि पुगेका रितेश थपलियाले आफूले हेटौंडा पुग्न साढे ८ सय रुपैयाँ भाडा तिरेको बताए । हेेटौंडा जान सुमोको भाडा ४ सय भाडा तोकिएको छ ।
‘सुमो छैन भन्छन् । रिजर्भ जाने भएर मिलाएर लान्छौं दोब्बर भाडा पर्छ भनेपछि तिरियो’ उनी भन्छन्,’के गर्नु घर त पुग्नैपर्छ । जति भनेपनि तिर्नैर्पयो ।’
बल्खुका एक सुमो व्यवसायी भने हेटौंडाबाट काठमाडौं आउँदा रित्तै आउनुपर्ने भएकाले यहाँबाट बढीभाडा नलिई लैजान नसकिने बताउँछन् । विगतका वर्षहरुमा पनि यसो गरिएको भन्दै उनले घाटामा गाडी चलाउन नसकिने बताए ।
अहिले बल्खुबाट छुट्ने अधिकांश सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिएपनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर थमाउने गरेका छन् ।
बल्खुमा मात्रै हैन, विपी हाइवे भएर चल्ने कोटेश्वरका सुमोका काउन्टरले पनि त्यसै गरिरहेका छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।
अग्रीम टिकट लिन नभ्याएकाहरुले दोब्बरसम्म भाडा तिरेर जान लागेको बताउँछन् । छोटो दूरीमा अग्रीम टिकट पनि नखुलाइएकाले त्यँही सबैभन्दा धेरै ठगी भइरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । दशैंको आसपास काउन्टरबाटै बढी भाडा लिने कर्मचारीलाई प्रहरीमार्फत नियन्त्रण लिएर कारवाही चलाउने चेतावनी विभागको छ ।
ट्राफिक प्रहरीले पनि अनुगमन र निरानी बढाइएको भनेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












