साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज
काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज (बिहीबार) नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा फाइनल प्रवेशका लागि आयोजक नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल पाकिस्तानलाई पराजित गर्दै उपाधि होडलाई कायमै राख्ने रणनीतिमा रहेको छ । यता, पाकिस्तान पनि नेपाललाई पराजित गर्ने लक्ष्यमा रहेको छ ।
नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समूह बि को विजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल बंगलादेशसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।
यता, पाकिस्तान भने समूह चरणको दुबै खेलमा विजेता टिम हो । पहिलो खेलमा कठर प्रतिद्धन्दी भारतलाई २–१ गोलअन्तरले पराजित गरेको पाकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।
आज नै एन्फा कम्प्लेक्समा बिहान १० बजेर ३० मिनेटमा प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्दैछ । बंगलादेश समूह ए को विजेता हो भने भारत समूह बि को उपविजेता टिम हो ।
बंगलादेशले समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता, भारतले भने आफ्नो पहिलो खेलमा नै पाकिस्तानसँग २–१ गोलअन्तरले हार ब्यहोरेको थियो । तर अन्तिम खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












