प्याराग्लाइडिङ विश्वकप नेपालमा पहिलो पटक, आजदेखि सुरू हुँदै
काठमाडौं । स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्डकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् ।
प्रतियोगितात्मक प्रतिष्पर्धा भने शुक्रबारदेखि मात्र हुनेछ । प्रतियोगीले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाइट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।
प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेको सुन्दासले जानकारी दिइन् । यसअघि ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिए पनि सबैले नाम दर्ता नगराएको बताइएको छ । यद्यपि, पाइलटहरुले नाम दर्ता गराउने क्रम जारी रहेको सुन्दासले बताइन् ।
प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाइडिङको सर्वोच्च निकाय एफएआईका प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङ्जा आउने संयोजक राउतले बताए । उनका अनुसार एफएआईका प्रतिनिधि इण्डोनेसियाका उगा र मुनीर तथा मलेसियाका नादिया आउन लागेका हुन् ।
प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्री–वल्र्ड कप गरिएको थियो ।
१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।
जिल्ला समन्वय समित स्याङ्जाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक विजेताले १५ सय, रजत पदक विजेताले २ सय र काश्य पदक विजेताले ७ सय युरो प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले १ हजार, रजत पदक विजेताले ७ सय ५० र काश्य पदक विजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












