प्याराग्लाइडिङ विश्वकप नेपालमा पहिलो पटक, आजदेखि सुरू हुँदै
काठमाडौं । स्याङ्जामा आजबाट प्याराग्लाइडिङ वल्र्डकप खेल शुरु हुँदैछ । स्याङ्जाको स्वरेक मैदान (भीरकोट) र डौंवाफाँटमा पहिलोपटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्डकप–२०१८ हुन लागेको हो । प्रतियोगिता कात्तिक १५ देखि १८ सम्म सञ्चालन हुनेछ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन बिहीबार अभ्यास खेल मात्र हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा महिला पुरुष दुवै इभेन्टमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सीताकुमारी सुन्दासले जानकारी दिइन् ।
प्रतियोगितात्मक प्रतिष्पर्धा भने शुक्रबारदेखि मात्र हुनेछ । प्रतियोगीले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाइट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।
प्रतियोगितामा २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाइलटहरुले सहभागिताको लागि नाम दर्ता गराइसकेको सुन्दासले जानकारी दिइन् । यसअघि ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिए पनि सबैले नाम दर्ता नगराएको बताइएको छ । यद्यपि, पाइलटहरुले नाम दर्ता गराउने क्रम जारी रहेको सुन्दासले बताइन् ।
प्रतियोगितामा एक सय ५० जनासम्मले प्रतिष्पर्धामा सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाइडिङको सर्वोच्च निकाय एफएआईका प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङ्जा आउने संयोजक राउतले बताए । उनका अनुसार एफएआईका प्रतिनिधि इण्डोनेसियाका उगा र मुनीर तथा मलेसियाका नादिया आउन लागेका हुन् ।
प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाइडिङ र पोखरा तथा स्याङ्जाको स्वरेकमा प्री–वल्र्ड कप गरिएको थियो ।
१८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।
जिल्ला समन्वय समित स्याङ्जाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक विजेताले १५ सय, रजत पदक विजेताले २ सय र काश्य पदक विजेताले ७ सय युरो प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगततर्फ स्वर्ण पदक विजेताले १ हजार, रजत पदक विजेताले ७ सय ५० र काश्य पदक विजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












