जङ्गली हात्तीको भरमा प्रजनन केन्द्र
काठमान्डाैं । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका हात्ती प्रजननका लागि जङ्गली भाले हात्तीमा निर्भर हुनुपर्ने अवस्था छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रमा जङ्गली हात्ती रोनाल्डो र पश्चिमी क्षेत्रमा ध्रुवेले निकुञ्जका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको छ । निकुञ्जमा प्रजननयोग्य भाले हात्तीको कमी छ ।
हात्ती प्रजनन तथा तालीम केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार १० वर्षयता केन्द्रका अधिकांश पोथी हात्तीलाई रोनाल्डोले गर्भाधान गराउँदै आएको छ । उनले भने, “रोनाल्डोले गर्भाधान गराएपछि १२ भन्दा बढी बच्चा (छावा)जन्मिसकेका छन् ।” गत शुक्रबार मात्र गणेशकलीले भाले तथा असोज २३ गते पुजाकलीले पोथी बच्चा जन्माएका थिए । तिनीहरु रोनाल्डोकै सन्तान हुन् । अहिले प्रजनन केन्द्रमा रहेका गर्भिणी तीन हात्तीमध्ये कर्णालीकली र चितवनकलीलाई रोनाल्डोले नै गर्भाधान गराएको हो ।
लोकतन्त्रकलीलाई भने सुखिभारमा रहँदा ध्रुबेले गर्भाधान गराएको हो । गत वर्ष प्रजनन केन्द्रमा चार हात्तीले बच्चा जन्माएका थिए । ती सबै रोनाल्डोबाट गर्भाधान भएको चौधरीले बताउनुभयो । अहिले खोरसोरमा नौ पोथी हात्ती छन् । तालीम नपाएका आठ तथा तालीम पाएका हात्तीका दुई बच्चा छन् । प्रजनन गराउन योग्य हात्ती नभएको चौधरीले बताउनुभयो । हात्तीले २२ महिनादेखि २४ महीनामा बच्चा जन्माउने गर्दछ ।
सौराहा क्षेत्रमा पछिल्ला वर्षमा रोनान्डोले राज गर्दै आएको चौधरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जमा ६० हात्ती भए पनि प्रजननयोग्य भाले हात्ती भने छैनन् ।” चौधरीले थप्नुभयो, “भाले हात्ती १८ भए पनि केही बच्चा तथा केही बुढा छन् ।” निकुञ्जको पश्चिम क्षेत्रका पोष्टमा रहेका हात्तीलाई ध्रुबे नामको जङ्गली भाले हात्तीले प्रजनन गराउँदै आएको छ । जङ्गली हात्ती रातको समयमा पोथी हात्ती रहेका ठाउँमा आउँछन् । चौधरीका अनुसार असोजको अन्तिम सातादेखि वैशाखसम्म रोनाल्डोले रात खोरसोरस्थित प्रजनन केन्द्रमा बिताउने गर्दछ । बिहान सबेरै रोनाल्डो जङ्गलतर्फ लाग्छ ।
बच्चा जन्माएको ६ महीनापछि पोथी हात्तीमा पुनः भाले हात्ती लाग्छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे जङ्गली हात्तीको भरमा प्रजनन गराउनु परिरहेको बताउनुहुन्छ । पछिल्ला वर्षमा रोनाल्डोले नै प्रजनन केन्द्र धानेको उहाँले बताउनुभयो । विसं २०४२ मा भारतले उपलब्ध गराएको १६ हात्ती ल्याएर शुरु गरिएको सो प्रजनन केन्द्रमा हालसम्म २६ हात्तीका बच्चा जन्मिएका छन् ।
“पछिल्ला वर्षमा प्रजनन राम्रै रहेको छ,” डा गैरेले भन्नुभयो । व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्य उपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधारलगायत कारण प्रजननको अवस्था राम्रो भएको उहाँको भनाइ छ । जङ्गली हात्ती नआए भने प्रजननमा समस्या हुने देखिन्छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












