काठमाडौंलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश
काठमाडौं । चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवन फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं रोयल्सले दिएको ९५ रनको सामान्य चुनौती चितवन राइनोजले १८.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । चितवनका लागि स्मित पटेलले ३८ र हरिशंकर शाहले २६ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २० रन बनाए । काठमडौंमाथि जित हात पारेपनि चितवनको सुरुवाती भने खराब भएको थियो । २ रन हुदा १ विकेट गुमाएको चितवनले ३१ रन हुदा ३ विकेट गुमाएको थियो ।
काठमाडौंका लागि सुसन भारीले ३ विकेट लिए । त्यस्तै, पवन सर्राफले १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको थियो । काठमाडौंका कुनै पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । तर उनले ३५ बलमा सामाना गरेर २ चौका प्रहार गरेका थिए । त्यस्तै, जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए । सर्वाधिक पुरस्कार राशीको पीपीएलको उपाधिका लागि अब चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा र चितवनबीचको खेल मंगलबार हुनेछ । लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












