कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ४१औं स्थानमा
काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् ।
कप्तान पारस ब्याटिङ, र अलराउन्डर गरी तीन मध्ये २ वटा विधाको बरियतामा पर्न सफल भएका हुन् । उनी अलराउन्डरमा ४१औं स्थानमा रहेका छन् । उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पारेका छन् ।
त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् । त्यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि-ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् ।
त्यस्तै बलिङतर्फ नेपालकै बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् ।
टि-ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












