‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा
काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् ।
तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जीत र एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालीकाको क्रमशः चौथो, पाँचाँै, छैँटौँ र सातौँ स्थानमा छन् । दुवै खेल बराबरी खेल्दै दुई अङ्क जोडेको मच्छिन्द्र क्लब अङ्क तालीकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेलेको च्यासल युथ क्लब र न्यूरोड टीम (एनआरटी) तालीकाको क्रमशः नवौँ र १०औँ स्थानमा छ ।
फ्रेण्डस, सरस्वती, जावलाखेल र ब्रिगेडब्वाइज दुवै खेल गुमाउँदै अङ्कविहीन अवस्थामा छन् । उनीहरु तालीकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् । दोस्रो चरणका खेल सकिएसँगै दुई दिनका लागि लिग स्थागित गरिएको छ । लिगको तेस्रो चरणका खेल बुधबारदेखि शुरु हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । मङ्सिर ६, ७ र ८ गते तेस्रो चरणका खेल हुनेछन् भने पुनः दुई दिनको विश्रामपछि १० गतेदेखि चौथो चरणका खेल हुनेछन् ।
लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेडब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले रु एक लाख पाउने छ । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ द म्याच खेलाडीलाई रु १० हजार पुरस्कार दिनेछ । लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने निर्देशक मिश्रले जानकारी दिनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो ।
हालसम्मको अङ्क तालीका
क्रसं टोली खेल जित हार बराबर अङ्क
१ थ्रीस्टार क्लब २ २ ० ० ६
२ मनाङमस्र्याङ्दी क्लब २ २ ० ० ६
३ त्रिभुवन आर्मी क्लब २ २ ० ० ६
४ नेपाल पुलिस क्लब २ १ ० १ ४
५ सङ्कटा क्लब २ १ ० १ ४
६ मच्छिन्द्र क्लब २ १ ० १ ४
७ एपिएफ क्लब २ १ ० १ ४
८ हिमालयन शेर्पा क्लब २ ० ० २ २
९ च्यासल युथ क्लब २ ० १ १ १
१० न्यूरोड टिम (एनआरटी) २ ० १ १ १
११ जावलाखेल युथ क्लब २ ० २ ० ०
१२ फ्रेण्ड्स क्लब २ ० २ ० ०
१३ सरस्वती युथ क्लब २ ० २ ० ०
१४ ब्रिगेडब्वाइज क्लब २ ० २ ० ०
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












