नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने
काठमाडौं । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।
महाकाली स्पोर्ट्स सोसाईटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था (क्यान) निलम्बनमा पर्दासमेत क्रिकेटरहरुले देशप्रति पुर्याएको अतुलनीय योगदानलाई स्मरण गर्दै आफूहरुले फेरि पनि नेपाली क्रिकेटको विकासको लागि उक्त प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।
उनले भने,‘नेपालको आधिकारिक संस्था (क्यान) निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतकोभन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले २०७५ माग १ गतेदेखि १० गतेसम्म यो प्रतियोगिता गर्न लागेका छौं ।’
नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेपनि उनले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन् भने दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ । उता श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी रहनेपनि उनले जनाए ।
श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनकाबीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।
उनले भने,‘हामी त्रिदेशीय क्रिकेट प्रतियोगीता गरेर सम्बन्धलाई थप नयाँ उचाई दिन चाहन्छौं, यस अवस्थामा सबैको साथ सहभागिता र सकारात्मक भूमिका खेलिदिन हार्दिक आग्रह गर्दछु ।’
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












