नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने
काठमाडौं । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।
महाकाली स्पोर्ट्स सोसाईटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था (क्यान) निलम्बनमा पर्दासमेत क्रिकेटरहरुले देशप्रति पुर्याएको अतुलनीय योगदानलाई स्मरण गर्दै आफूहरुले फेरि पनि नेपाली क्रिकेटको विकासको लागि उक्त प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।
उनले भने,‘नेपालको आधिकारिक संस्था (क्यान) निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतकोभन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले २०७५ माग १ गतेदेखि १० गतेसम्म यो प्रतियोगिता गर्न लागेका छौं ।’
नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेपनि उनले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन् भने दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ । उता श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी रहनेपनि उनले जनाए ।
श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनकाबीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।
उनले भने,‘हामी त्रिदेशीय क्रिकेट प्रतियोगीता गरेर सम्बन्धलाई थप नयाँ उचाई दिन चाहन्छौं, यस अवस्थामा सबैको साथ सहभागिता र सकारात्मक भूमिका खेलिदिन हार्दिक आग्रह गर्दछु ।’
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












