मोड्रिचले जिते ब्यालोन डि’ओर २०१८ उपाधि
एजेन्सी । क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ ओरको उपाधि जितेका छन्।
पेरिसमा सोमबार साँझ भएको कार्यक्रममा क्रिष्टियानो रोनाल्डोलाई पन्छाउँदै मोड्रिचले करिअरमै पहिलोपटक यो उपाधि हात पारेका हुन्।
पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यो उपाधि जितेका थिए। यसपटक भने मोड्रिचले विश्वकप विजेता फ्रान्सका खेलाडीसहित मेसी र रोनाल्डोलाई पन्छाउँदै उपाधि हात पारेका हुन्।
युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहे।
यस्तै पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे। यद्यपी उनले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने हात पारे ।
बार्सिलोना कप्तान लिओनेल मेसी पाँचौ स्थानमा रहँदा मोहमद सलाहले छैठौं स्थानमा रहे।
सातौंमा राफेल भाराने र आठौंमा इडेन हाजार्ड रहँदा केभिन डि ब्रुएन नवौं र ह्यारी केन दशौं स्थानमा रहेका थिए। तर नेइमार भने शीर्ष १० भित्र अटाएनन् उनी १२ औं स्थानमा रहेका थिए।
क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि रोनाल्डो र मेसीले रूसमा सम्पन्न विश्वकपमा फितलो प्रदर्शन गरेका थिए।
यही नतिजालाई हेर्दै मेसी र रोनाल्डो ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडि परेका हुन्।
विश्वकप विजेता फ्रान्सेली टोलीबाट युवा फरवार्ड किलियन एमबाप्पे, एन्टोइन ग्रिज्मन, राफेल भारानसँगै ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टेसहितलाई पन्छाउँदै मोड्रीचले उपाधिमाथि कब्जा जमाएका हुन्।
विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका मोड्रीच प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए।
३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो।
विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रीचले फराकिलो अन्तरले उपाधि जितेका हुन् ।
फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो।
शीर्षस्थानमा पर्ने खेलाडीले ६ अंक, दोस्रोमा पर्नेले ४ र क्रमश त्यसपछिका तीन खेलाडीले ३,२ र १ अंक हासिल गर्ने प्रावधान रहेको थियो । यस क्रममा मोड्रीचले कुल ७ सय ५३ अंक हासिल गर्दै उपाधि आफ्नो नाम गरे। दोस्रो स्थानका रोनाल्डोले ४ सय ७६ अंक मात्र जोड्न सके ।
तेस्रो स्थानका एन्टोइन ग्रिज्मनले ४ सय १४ अंक जोड्दा चौथो स्थान हासिल गरेका किलियन एमबाप्पेले ३ सय ४७ अंक पाए । पाँचौ स्थानका लिओनेल मेसीले २ सय ६० अंक मात्र जोड्न सके। मेसीको अंकभन्दा विजेता मोड्रीचले झन्डै ३ गुणा बढी अंक जोड्न सफल रहे। छैटौं स्थानका मोहमद सलाहले १ सय ८८ अंक जोडे ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












