मोड्रिचले जिते ब्यालोन डि’ओर २०१८ उपाधि
एजेन्सी । क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सन् २०१८ को ब्यालोन डी’ ओरको उपाधि जितेका छन्।
पेरिसमा सोमबार साँझ भएको कार्यक्रममा क्रिष्टियानो रोनाल्डोलाई पन्छाउँदै मोड्रिचले करिअरमै पहिलोपटक यो उपाधि हात पारेका हुन्।
पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यो उपाधि जितेका थिए। यसपटक भने मोड्रिचले विश्वकप विजेता फ्रान्सका खेलाडीसहित मेसी र रोनाल्डोलाई पन्छाउँदै उपाधि हात पारेका हुन्।
युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहे।
यस्तै पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे। यद्यपी उनले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने हात पारे ।
बार्सिलोना कप्तान लिओनेल मेसी पाँचौ स्थानमा रहँदा मोहमद सलाहले छैठौं स्थानमा रहे।
सातौंमा राफेल भाराने र आठौंमा इडेन हाजार्ड रहँदा केभिन डि ब्रुएन नवौं र ह्यारी केन दशौं स्थानमा रहेका थिए। तर नेइमार भने शीर्ष १० भित्र अटाएनन् उनी १२ औं स्थानमा रहेका थिए।
क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरे पनि रोनाल्डो र मेसीले रूसमा सम्पन्न विश्वकपमा फितलो प्रदर्शन गरेका थिए।
यही नतिजालाई हेर्दै मेसी र रोनाल्डो ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडि परेका हुन्।
विश्वकप विजेता फ्रान्सेली टोलीबाट युवा फरवार्ड किलियन एमबाप्पे, एन्टोइन ग्रिज्मन, राफेल भारानसँगै ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टेसहितलाई पन्छाउँदै मोड्रीचले उपाधिमाथि कब्जा जमाएका हुन्।
विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका मोड्रीच प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत भएका थिए।
३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो।
विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रीचले फराकिलो अन्तरले उपाधि जितेका हुन् ।
फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो।
शीर्षस्थानमा पर्ने खेलाडीले ६ अंक, दोस्रोमा पर्नेले ४ र क्रमश त्यसपछिका तीन खेलाडीले ३,२ र १ अंक हासिल गर्ने प्रावधान रहेको थियो । यस क्रममा मोड्रीचले कुल ७ सय ५३ अंक हासिल गर्दै उपाधि आफ्नो नाम गरे। दोस्रो स्थानका रोनाल्डोले ४ सय ७६ अंक मात्र जोड्न सके ।
तेस्रो स्थानका एन्टोइन ग्रिज्मनले ४ सय १४ अंक जोड्दा चौथो स्थान हासिल गरेका किलियन एमबाप्पेले ३ सय ४७ अंक पाए । पाँचौ स्थानका लिओनेल मेसीले २ सय ६० अंक मात्र जोड्न सके। मेसीको अंकभन्दा विजेता मोड्रीचले झन्डै ३ गुणा बढी अंक जोड्न सफल रहे। छैटौं स्थानका मोहमद सलाहले १ सय ८८ अंक जोडे ।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












