‘मुस्लिम समुदाय पछाडि पर्नुका कारण अशिक्षा’

राँझा । प्रदेश नं ५, सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले मुस्लिम समुदायको शिक्षामा पहँुचका लागि प्रदेश सरकारले चासो दिएको बताउनुभएको छ ।
शिक्षा र चेतनाको कमी भएका कारण मुस्लिम महिला पछाडि परेको बताउँदै उहाँले भन्नुभयो, “मुस्लिम महिलासँगै समग्र मुस्लिम समुदायको विकासका लागि आधुनिक शिक्षा जरुरी भएको छ । अब मदरसा शिक्षालाई आधुनिक शिक्षा प्रणालीमा लैजान मुस्लिम समुदाय तयार हुनुपर्दछ ।”
सञ्चारिका समूहले आज नेपालगञ्जमा आयोजना गरेको ‘मुस्लिम महिलाको राजनीतिमा पहुँचसम्बन्धी कार्यक्रममा मुख्यमन्त्री पोखरेलले मदरसा शिक्षालाई आधुनिकीकरण गर्न जरुरी भएको बताउनुभएको हो ।
मुस्लिम समुदायमा अझै पनि छोरीलाई नपढाउने चलन रहेको उल्लेख गर्दै उहाँले मुस्लिम समुदाय पछाडि पर्नुको प्रमुख समस्या नै अशिक्षा रहेको दाबी गर्नुभयो । शिक्षामा पछि परेका कारण राजनीतिमा पनि मुस्लिम समुदायको अर्थपूर्ण उपस्थिति हुन नसकेको उहाँको धारणा थियो ।
प्रदेश नं ५ का १० वटा जिल्ला पूर्ण साक्षर भए पनि मुस्लिम समुदायको बाहुल्यता रहेको बाँके र कपिलवस्तु जिल्ला पछाडि परेकाले प्रदेश सरकारले विशेष साक्षरता अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
“मदरसा शिक्षाबाट मुस्लिम समुदायलाई बाहिर निकालेर मदरसालाई आधुनितातर्फ लैजान हामीले पहल गरिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “मुस्लिम समुदायलाई शिक्षाको मूलधारमा ल्याउन स्थानीय तहसँग मिलेर प्रदेश सरकारले साक्षरता अभियान सञ्चालन गर्नेछ ।”
मुस्लिम समुदायमा अझै पनि सामूहिक निर्णयलाई विश्वास गर्ने परम्पराले पनि व्यक्तिको भूमिका कम हुने र राजनीतिमा आउन समस्या देखिने गरेको उल्ल्ेख गर्दै उहाँले भन्नुभयो, “मुस्लिम समुदायका प्रत्येक व्यक्तिमा राजनीतिक विचार धारा हुन आवश्यक छ र राजनीतिक दलले पनि वैचारिक र साङ्गठनिक गतिविधि मुस्लिम समुदायमा पु¥याउन सक्नुपर्छ ।”
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...











