साक्षर अभियान शुरु भएपनि ८० हजार नागरिक अझै ‘औँठाछाप’
बाँके । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ।
साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालीन नौबस्ता गाविसमा पनि निरक्षरको सङ्ख्या धेरै रहेको स्थानीय याम श्रेष्ठ बताउनुहुन्छ । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर रहेको भेटिएका छन् ।
यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्कअनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई लाख १२ हजार ६३२ पुरुष साक्षर रहेको कागजी तथ्याङ्कले देखाएको छ ।
३५ हजार जनसङ्ख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुननसकेको आँकलन गरिएको छ तर, तत्कालीन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा एकाइ समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको सङ्ख्या बढी रहे पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा निरक्षरको यकिन विवरण आफूहरूसँग नभएको बताउनुहुन्छ ।
“गाउँपालिकामा सर्वे भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा यकिन विवरण छैन, यसै भन्न पनि सकिँदैन ।” यद्यपि यस्तो रकेर्ड राख्ने जिम्मेवारी शिक्षा कार्यालयकै हुन्छ ।” राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ ।
तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो सङ्ख्या कागजमा घटेपनि सङ्ख्यात्मकरूपमा उत्तिकै रहेको छ । शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा बालुवामा पानीझै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ ।
साक्षरको तथ्याङ्क घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भन्नुभयो, “वर्षौैं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महीना पढेकाले सधैँ कहाँबाट सम्झिरहुन् ।” सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने निरन्तर शिक्षामा करीब डेढ सय कक्षाका लागि कोटा आए पनि यी कक्षासमेत प्रभावकारी हुनसकेका छैनन् ।
साक्षर घोषणा गरिएको तत्कालीन नौबस्ता गाविस र नेपालगञ्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालीन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिए पनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ ।
गाउँपालिकामा निकै ठूलो जनसङ्ख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउनुहुन्छ । अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकाजमा औँठाछाप नै प्रयोग गर्दै आएको पाइएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












