नागरिक लगानी कोषको संरचना परिवर्तन हुँदै
काठमाडौँ । कारोबार रकम वृद्धि भएसँगै सरकारले नागरिक लगानी कोषको सेयर पूँजी र संरचना परिमार्जनको प्रस्तावसहित विधेयक संसद्मा दर्ता गरेको छ । नागरिक लगानी कोष ऐन २०४७ संशोधन विधेयक अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रियसभा सचिवालयमा दर्ता गर्नुभएको छ । विधेयक सभामा पेस हुने चरणमा छ । कोषको कारोबार एक खर्ब रुपियाँभन्दा बढी पुगिसकेको छ ।
सरकारले प्रस्ताव गरेको विधेयक पारितपछि निजी क्षेत्रसहित स्वरोजगारमा संलग्न व्यक्ति समेत कोष अन्तर्गत सामाजिक सुरक्षाको दायरामा आउनेछन् । यस्तै, कोषको सेयर पूँजी वृद्धि तथा सेयर संरचना समेत परिवर्तन हुनेछ । मूल ऐनको दफा ४ प्रतिस्थापन गर्दै सरकारले कोषको अधिकृत पूँजी आठ अर्ब रुपियाँ पु¥याउने प्रस्ताव गरेको छ । हाल कोषको अधिकृत पूँजी आठ करोड रुपियाँ छ । कोषको चुक्ता पूँजीलाई तीन अर्ब रुपियाँ पु¥याउने सरकारको प्रस्ताव छ ।
दफा ४ प्रतिस्थापनका लागि सरकारले गरेको प्रस्तावमा भनिएको छ ‘‘कोषको अधिकृत पूँजी आठ अर्ब रुपियाँ हुनेछ र सो रकमलाई एक सय रुपियाँका दरले आठ करोड कित्ता सेयरमा विभाजन गरिनेछ ।’’
अधिकृत र चुक्ता पूँजी वृद्धिसहित सरकारले हालको सेयर संरचनामा पनि हेरफेर गरेको छ । प्रस्तावित व्यवस्था परित भएमा कोषमा नेपाल सरकारको सेयर २३ दशमलव शून्य चार प्रतिशत हुनेछ । हाल सरकारको सेयर दश प्रतिशत रहेको छ । यस्तै, बीमा संस्थानको ३१ दशमलव ५५ प्रतिशत शेयर हुनेछ । स्टक एक्सचेन्जको सेयर दश प्रतिशत हुनेछ । एक्सचेन्जको यसअघि पनि दश प्रतिशत नै सेयर थियो । राष्ट्रिय बीमा संस्थानको यसअघि कोषमा सेयर थिएन ।
यसअघि कोषमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर २० प्रतिशत थियो । नयाँ विधेयकले १५ दशमलव ११ प्रतिशत सेयर प्रस्ताव गरेको छ । बैंक तथा वित्तीय संस्थाको करिब पाँच प्रतिशत सेयर घटाउन प्रस्ताव गरिएको छ । सर्वसाधारणको सेयर संरचना भने कुनै परिमार्जन भएको छैन । सर्वसाधारणको सेयर संरचना २० प्रतिशत नै कायम गरिएको छ । कोषमा यसअघि नेपाल राष्ट्र बैंकको ४० प्रतिशत सेयर थियो । प्रस्तावित विधेयकले राष्ट्र बैंकको सेयर संरचना हटाएको छ ।
स्वरोजगारको रकम जम्मा हुने
प्रस्तावित विधेयकले स्वरोजगार व्यक्तिले पनि रकम जम्मा गर्न पाउने व्यवस्था गरेको छ । लगानीकर्ता हिसाब योजना अन्तर्गत कोषमा रकम जम्मा गर्न पाउने व्यवस्था विधेयकले गरेको छ । जम्मा हुने रकमको संकलन, कोषमा जम्मा भएको रकमको भुक्तानी र पाउने सुविधा भने कार्यविधि वा निर्देशिकाले तोके बमोजिम हुने विधेयकले प्रस्ताव गरेको छ ।
विधेयकले स्वरोजगार व्यक्तिको परिभाषा पनि गरेको छ । परिभाषा अनुसार स्वरोजगार व्यक्ति भन्नाले इन्जिनियर, चिकित्सक, कानुन व्यवसायी, लेखापरीक्षक लगायतका पेशामा संलग्न व्यक्तिलाई बुझाउने उल्लेख छ । परिभाषा अनुसार त्यस्ता व्यक्ति वा फर्मसँग आवद्ध अस्थायी वा सेवा करारमा कार्यरत कर्मचारीलाई पनि बुझाउने उल्लेख छ । विधेयकले निजी रुपमा सञ्चालित अन्य व्यवसाय, रोजगारीबाट आय गर्ने व्यक्ति तथा वैदेशिक रोजगारमा संलग्न व्यक्ति समेत स्वरोजगार व्यक्तिको परिभाषामा समेटिएका छन् । स्वरोजगारमा परिभाषित व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्नेछन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












