मेयरखबर डटकमको उद्घाटन प्रधानमन्त्रीबाट
काठमडाैंं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गरेका छन्।
‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको अपेक्षा पूरा गर्न नगर सरकारलाई आगह गरे ।
मेयरखबरले नगरको निगरानी गर्दै नगरवासीलाई सूचना प्रवाह गर्ने आइसिआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले जानकारी दिए । मेयरखबरमा नगरपालिकाका मेयरको अन्तर्वार्ता, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, यस्तो पो मेयर, सूचनापाटी, मेयर कानून, विदेशका मेयरको अनुभूतिलगायत स्तम्भ पढ्न सकिनेछ । सो अनलाइन पोर्टलमा प्रत्येक नगरपालिकाको अत्यावश्यक जानकारीसमेत उपलब्ध हुने जनाइएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...











