नेकपा महासचिव विष्णु पाैडेल लक्षित भीम रावलको ट्विट, प्रधानमन्त्री निवासको जग्गा कब्जा गर्नेलाई कारबाही होस्
काठमाडाैं । नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री भीम रावलले सरकारी जग्गा कब्जा गर्नेलाई कारबाही गर्नैपर्ने जनाएका छन् ।
द्वन्द्ध र अस्थिर स्थितिमा सार्वजनिक जग्गा कब्जा गर्ने जो कोहिलाई दुई तिहाई बहुमत प्राप्त सरकारले सार्वजनिक सम्पत्तिको रक्षा गर्दै कारबाही गर्नुको विकल्प नरहेको ठोकुवा गरेका छन् ।
नेकपा महासचिव विष्णु पाैडेलको समेत सरकारी जग्गा प्रकरणमा कारोबार देखिएपछि राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन माग गर्दै आएका नेता रावलले नाम किटान नगरेपनि घुमाउरो पाराले कारबाही गर्न सरकार पछि हट्न नहुने तर्क सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री निवास कै जग्गा कब्जा गर्नेलाई सरकार कारबाही गर्न सफल होस भन्दै रावलले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै नेता राववले भनेका छन्, ‘द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो ।प्र.मं. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कार्वाई गर्न सरकार सफल होस्’
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











