बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्छाैँ – प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन ।
२५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आज आयोजित भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्ने कार्यक्रमको अवसरमा उनले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाए ।
“विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन्”, उनले भने, “यो वर्षदेखि योजनाबद्ध ढङ्गले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।” प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताए ।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढाउँदै लग्ने प्रतिबद्धता जनाए । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गरे ।
बिहानैदेखि प्रधानमन्त्री व्यस्त २५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आउनुभएका प्रधानमन्त्री ओली आज बिहानैदेखि कार्यक्रममा व्यस्त छन । बिहान उनले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गरे । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो ।
वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्यालीमा सहभागी हुनुभयो । शान्तिदीपमा उनले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गरे।
त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीलाई सङ्घ दान गरे। उनले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गरे । विहारमा प्रधानमन्त्रीले १५० भिक्षुभिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान र भोजन दान गरे । त्यसलगत्तै प्रधानमन्त्री ओली ुलुम्बिनी भ्रमणवर्ष शुभारम्भ तथा बुद्धपूर्णिमाको मूल समारोहमा सहभागी भए ।

Comments
अरु समाचार
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












