संघीयताको विरोध गरेर यहि व्यवस्थामा टाँसिने मसालले राजनीति गर्न लाज मान्नु पर्छः सुर्य थापा
प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्त सुर्य थापाले मसालको स्थिति अब आउने निर्वाचनमा लाइट बालेर खोक्ने स्थिति आउने वताएका छन् ।
नेकपा झिमरुक गाउँपालिका वडा नम्बर ३ संगठन कमिटीले आहालखोलामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाइ सम्वोधन गर्दै प्रमुख अतिथी थापाले यस्तो वताएका हुन् ।
झिमरुकमा पुगेका नेता थापाले भने, नेकपा जस्तो विशाल सागरमा मसाल खोज्ने चेष्टा अत्यन्तै नमज्जाको कुरा हो । हामीले युवा शक्तिको परिचालन गर्दै प्युठानलाई नमुना जिल्लाको रुपमा अघि सार्नेगरि काम गर्नु पर्छ ।
संघीयतालाई विरोध गर्ने तर, यहि व्यवस्थामा टाँसिएर राजनीति गर्ने राष्ट्रिय जनमोर्चाले लाज मान्नु पर्छ । नेता थापाले कड्किदै मसालप्रति आक्रोस व्यक्त गरेका हुन् । उनले भेलालाई सम्बोधन गर्दै थपेका छन्, मसालले अब चाहेर पनि प्युठानमा निर्वाचनमा सहभागित जनाउन सक्दैन । जनताले मसालको कुकर्म बुझिसकेका छन् ।
यस्तै, नेकपा प्रदेस कमिटि सदस्य पीतबहादुर एमसीले मसालले प्युठानमा फोहोरी राजनीति गर्न कोजेको आरोप लगाएका छन् । नेता एमसीले मसालले विकास निर्माणमा काम चाहिएको भए पार्टीको सदस्यता र लेवि काटेपछि मात्रै काम अगाडी बढाउछु भन्दै गरेको काम प्रति विरोध जनाएका हुन् ।
तर, विद्यार्थी नेता तथा अखिल क्रान्तिकारी उपमहासचिव मिलन एमसीले मसालका दिनगन्ती सुरु भएको दाबी गर्दै जनतालाई शोषण गर्न खोजे कार्यालय घेराउ गर्ने चेतावनी समेत दिए । विद्यार्थी नेता एमसीका अनुसार प्युठानले कम्युनिष्ट नेता थुप्रै जन्माएपनि स्वार्थ र आफ्ना आसेपासेलाई पोस्ने काम गर्दा जिल्लाको विकासमा आँच पुगेको बताए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...











