स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ सालभित्रै सुनिश्चितता हुनुपर्छ : रञ्जित तामाङ
काठमाडाैँ । नेपाक कम्युनिष्ट पार्टि (नेकपा) संबद्ध विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले २०७६ सालभित्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सुनिश्चितता हुने बताएका छन ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएपछी सहसंयोजक तामाङले कुनै पनि हालतमा २०७६ सालभित्रै स्ववियु निर्वाचन हुने बताएका हुन ।
तामाङले भने नेविसंघको मागमा केही लचिलो हुन सकिने बताए । एक महिनाको समय अवधिमा नेविसंघले आफ्नो आन्तरिक तयारी सक्ने र स्ववियु चुनावमा सहभागी हुने उनले विश्वास व्यक्त गरे ।
‘सबैभन्दा पुरानो प्रजातान्त्रिक संगठन नेविसंघलाई चुनावमा ल्याउनका लागि केही समय उपलब्ध गराउनुपर्छ भने पनि हामी त्यति धेरै नकारात्मक हुनु हुँदैन,’ तामाङले भने, ‘विगतमा नेविसंघ सहभागी नहुँदा स्ववियु चुनाव नै गरिएन, त्यसैले अहिले जसरी भए पनि स्ववियु चुनाव गर्नुपर्छ ।’
२०७५ सालमै हुनुपर्ने चुनाव नेविसंघको आन्तरिक विवादका कारण हुन सकेको थिएन । २०७३ सालमा भएको स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अवलम्वन गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन । त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ । त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












