विद्यार्थी आन्दोलनको भूमिकामाथी नजर अन्दाज गर्ने मनोरोगीहरुको उपचारका लागी आन्दोलनको जुझारुपन जरुरी छः नेता भण्डारी
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्वियूका नेता तिलकराज भण्डारीले विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा खेलेको युगान्तकारी भूमिकामाथी नजर अन्दाज गर्ने मनोरोगीहरुको उपचार गर्न पनि विद्यार्थी आन्दोलनको जुझारुपन जरुरी भएको बताएका छन ।
नेता भण्डारीले स्ववियू निर्वाचन र विद्यार्थी राजनितीबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै, विद्यार्थी आन्दोलन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को औचित्यमाथी प्रश्न चिन्ह उठाउने अर्धबाैद्धिक समुदाय सामाजिक सञ्जाल र मिडियामा सक्रिय भएको भन्दै विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको वस्तुसंगत अध्ययन र विद्यमान विद्यार्थी आन्दोलनको गतिशिलतालाई बुझ्न नसक्ने जडसूत्रीय यान्त्रिकताबाट आजको विद्यार्थी आन्दोलनको चरित्र र स्वरुपलाइ बुझ्न सकिदैन भन्ने यथार्तताको बोध गराउनु आजको विद्यार्थी आन्दोलनको मुख्य कार्यभार भएको बताएका हुन ।
विद्यार्थी आन्दोलनको औचित्यमाथी प्रश्न चिन्ह उठाउनेलाई नेता भण्डारीले भने, विश्वमा मानव समाज रहेसम्म राजनीति रहन्छ राजनीति रहेसम्म राजनितिक संगठन रहन्छ र राजनितिक संगठन रहेसम्म विद्यार्थी अान्दाेलन र स्ववियुकाे अाैचित्य रहन्छ । भन्ने कुराकाे हेक्का हाेस् ।
नेता भण्डारीले विद्यार्थी आन्दोलन र स्ववियूको औचित्यबारे यसरी १० बुदामा प्रस्ट्याका छन ।
१. पछिल्लो चरणमा विद्यार्थी आन्दोलन र स्ववियूको औचित्यबारे प्रश्न उठाउने अर्धबौद्धिक समुदाय सामाजिक सञ्जाल र मिडियाहरुमा उपस्थित हुन थालेको छ । विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको वस्तुसंगत अध्ययन र विद्यमान विद्यार्थी आन्दोलनको गतिशिलतालाई बुझ्न नसक्ने जडसूत्रीय यान्त्रिकताबाट आजको विद्यार्थी आन्दोलनको चरित्र र स्वरुपलाइ बुझ्न सकिदैन भन्ने यथार्तताको बोध गराउनु पनि विद्यार्थी आन्दोलनको कार्यभार बन्न गएको छ ।
२. खासगरी राजनीतिक संगठन तथा विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा खेलेको युगान्तकारी भूमिकालाई नजर अन्दाज गरेर मोफसलका सीमा समस्याहरुलाई टिपेर दिनभरी राजनीतिक संगठन र नेता,कार्यकर्ताहरुलाई गाली गर्ने क्षमतामा अब्वल हुनखोज्ने मनोरोगीहरुको उपचार गर्न पनि विद्यार्थी आन्दोलनको जुझारुपन जरुरी छ ।
३.मूख्यतः राजनीतिक क्रान्तिका आधारभूत कार्यभार पुरा भएको र आर्थिक विकास र सामाजिक रुपान्तरण तिर लम्कदै गरेको हाम्रो मुलुकमा विद्यार्थी आन्दोलनको चरित्र, स्वरुप र तत्कालिन कार्यभारबारे आम यूवाविद्यार्थीहरुलाई प्रशिक्षित गर्न तथा विद्यार्थी आन्दोलनका नयाँ-नयाँ राजनीतिक र शैक्षिक ऐजेण्डाहरुलाई विद्यार्थीहरुको विचमा स्थापित गर्न पनि स्ववियू निर्वाचनको अपरिहार्यता छ
४. स्ववियू निर्वाचनमा हामीले अवलम्बन गरेको विद्यामान मिश्रीत निर्वाचन प्रणाली ले समानुपातिक प्रतिनिधित्वमार्फत बैचारिक आस्थाको नेतृत्व र प्रत्यक्ष निर्वाचनमार्फत लोकप्रिय नेतृत्व निर्वाचित हुने भएकोले हार र जीतको पुर्वानुमानबाट स्ववियू निर्वाचनमा जाने वा नजाने धारणा बनाउनु जरुरी छैन ।
५. हरेक वर्ष विभिन्न बहाना र एजेण्डाहरुमा स्ववियू निर्वाचन रोक्ने प्रवृत्ति दोहरिदै आएको छ । तर, जुनसुकै संगठन र नेतृत्वको कारणले स्ववियू निर्वाचन रोकिए पनि उसको बाहना र असली नियत विद्यार्थीहरुको विचमा छिपाउन सकेको देखिदैन । स्ववियूको निर्वाचन सम्पन्न गर्न नसक्ने विद्यार्थी संगठनको नेतृत्व, विश्वविद्यालयको पदाधिकारी, स्ववियूको उम्मेद्वार तथा सम्बन्धित क्याम्पस प्रशासनबाट अरु त झन के अपेक्षा गर्नु ।
६ . विद्यार्थी अान्दाेलनमा निरन्तरताकाे एकवर्षभन्दा स्ववियू निर्वाचनकाे एकमहिना निकै महत्वपूर्ण हुन्छ । जसबाट धेरै राजनितिक अभ्यास र निर्वाचनकाे अनुभव हासिल हुन्छ ! जसले हजाराैं विद्यार्थीलाई कार्यकर्ता र सयाैं कार्यकर्तहरुलाई नेता बनाउदछ ।
७. सबै विद्यार्थी संगठनहरुले अबलम्बन गरेकाे बैचारिक अास्था, राजनीतिक र शैक्षिक एेजेण्डा, संगठनात्क पद्धती र अार्थिक जीवनशैली ठीक छ कि छैन भन्ने कुराकाे पुष्टि गर्न पनि स्ववियू निर्वाचनकाे विकल्प छैन ।
८.साना विद्यार्थी संगठनहरूले अाफ्नाे दायरा ठूलाे बनाउन तथा ठूला विद्यार्थी संगठनहरुले अाफू ठूलाे हाैं भन्ने दाविलाई पुष्टि गर्न पनि स्ववियु निर्वाचन जरूरी छ ।
९ . स्ववियु निर्वाचनकाे जनमतले पार्टीकाे जनमतलाइ नकारात्मक प्रभाव पार्छ कि भन्ने भयबाट विद्यार्थी संगठनलाइ स्ववियु निर्वाचनमा जानबाट राेक्न खाेज्ने राजनीतिक दलहरुकाे लघुताभासले पनि पार्टी र संगठन बन्ने देखिदैन !
१०. मानव समाज रहेसम्म राजनीति रहन्छ राजनीति रहेसम्म राजनितिक संगठन रहन्छ र राजनितिक संगठन रहेसम्म विद्यार्थी अान्दाेलन र स्ववियुकाे अाैचित्य रहन्छ । भन्ने कुराकाे हेक्का हाेस् ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












