विद्यार्थी आन्दोलनको भूमिकामाथी नजर अन्दाज गर्ने मनोरोगीहरुको उपचारका लागी आन्दोलनको जुझारुपन जरुरी छः नेता भण्डारी
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्वियूका नेता तिलकराज भण्डारीले विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा खेलेको युगान्तकारी भूमिकामाथी नजर अन्दाज गर्ने मनोरोगीहरुको उपचार गर्न पनि विद्यार्थी आन्दोलनको जुझारुपन जरुरी भएको बताएका छन ।
नेता भण्डारीले स्ववियू निर्वाचन र विद्यार्थी राजनितीबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै, विद्यार्थी आन्दोलन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को औचित्यमाथी प्रश्न चिन्ह उठाउने अर्धबाैद्धिक समुदाय सामाजिक सञ्जाल र मिडियामा सक्रिय भएको भन्दै विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको वस्तुसंगत अध्ययन र विद्यमान विद्यार्थी आन्दोलनको गतिशिलतालाई बुझ्न नसक्ने जडसूत्रीय यान्त्रिकताबाट आजको विद्यार्थी आन्दोलनको चरित्र र स्वरुपलाइ बुझ्न सकिदैन भन्ने यथार्तताको बोध गराउनु आजको विद्यार्थी आन्दोलनको मुख्य कार्यभार भएको बताएका हुन ।
विद्यार्थी आन्दोलनको औचित्यमाथी प्रश्न चिन्ह उठाउनेलाई नेता भण्डारीले भने, विश्वमा मानव समाज रहेसम्म राजनीति रहन्छ राजनीति रहेसम्म राजनितिक संगठन रहन्छ र राजनितिक संगठन रहेसम्म विद्यार्थी अान्दाेलन र स्ववियुकाे अाैचित्य रहन्छ । भन्ने कुराकाे हेक्का हाेस् ।
नेता भण्डारीले विद्यार्थी आन्दोलन र स्ववियूको औचित्यबारे यसरी १० बुदामा प्रस्ट्याका छन ।
१. पछिल्लो चरणमा विद्यार्थी आन्दोलन र स्ववियूको औचित्यबारे प्रश्न उठाउने अर्धबौद्धिक समुदाय सामाजिक सञ्जाल र मिडियाहरुमा उपस्थित हुन थालेको छ । विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहासको वस्तुसंगत अध्ययन र विद्यमान विद्यार्थी आन्दोलनको गतिशिलतालाई बुझ्न नसक्ने जडसूत्रीय यान्त्रिकताबाट आजको विद्यार्थी आन्दोलनको चरित्र र स्वरुपलाइ बुझ्न सकिदैन भन्ने यथार्तताको बोध गराउनु पनि विद्यार्थी आन्दोलनको कार्यभार बन्न गएको छ ।
२. खासगरी राजनीतिक संगठन तथा विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा खेलेको युगान्तकारी भूमिकालाई नजर अन्दाज गरेर मोफसलका सीमा समस्याहरुलाई टिपेर दिनभरी राजनीतिक संगठन र नेता,कार्यकर्ताहरुलाई गाली गर्ने क्षमतामा अब्वल हुनखोज्ने मनोरोगीहरुको उपचार गर्न पनि विद्यार्थी आन्दोलनको जुझारुपन जरुरी छ ।
३.मूख्यतः राजनीतिक क्रान्तिका आधारभूत कार्यभार पुरा भएको र आर्थिक विकास र सामाजिक रुपान्तरण तिर लम्कदै गरेको हाम्रो मुलुकमा विद्यार्थी आन्दोलनको चरित्र, स्वरुप र तत्कालिन कार्यभारबारे आम यूवाविद्यार्थीहरुलाई प्रशिक्षित गर्न तथा विद्यार्थी आन्दोलनका नयाँ-नयाँ राजनीतिक र शैक्षिक ऐजेण्डाहरुलाई विद्यार्थीहरुको विचमा स्थापित गर्न पनि स्ववियू निर्वाचनको अपरिहार्यता छ
४. स्ववियू निर्वाचनमा हामीले अवलम्बन गरेको विद्यामान मिश्रीत निर्वाचन प्रणाली ले समानुपातिक प्रतिनिधित्वमार्फत बैचारिक आस्थाको नेतृत्व र प्रत्यक्ष निर्वाचनमार्फत लोकप्रिय नेतृत्व निर्वाचित हुने भएकोले हार र जीतको पुर्वानुमानबाट स्ववियू निर्वाचनमा जाने वा नजाने धारणा बनाउनु जरुरी छैन ।
५. हरेक वर्ष विभिन्न बहाना र एजेण्डाहरुमा स्ववियू निर्वाचन रोक्ने प्रवृत्ति दोहरिदै आएको छ । तर, जुनसुकै संगठन र नेतृत्वको कारणले स्ववियू निर्वाचन रोकिए पनि उसको बाहना र असली नियत विद्यार्थीहरुको विचमा छिपाउन सकेको देखिदैन । स्ववियूको निर्वाचन सम्पन्न गर्न नसक्ने विद्यार्थी संगठनको नेतृत्व, विश्वविद्यालयको पदाधिकारी, स्ववियूको उम्मेद्वार तथा सम्बन्धित क्याम्पस प्रशासनबाट अरु त झन के अपेक्षा गर्नु ।
६ . विद्यार्थी अान्दाेलनमा निरन्तरताकाे एकवर्षभन्दा स्ववियू निर्वाचनकाे एकमहिना निकै महत्वपूर्ण हुन्छ । जसबाट धेरै राजनितिक अभ्यास र निर्वाचनकाे अनुभव हासिल हुन्छ ! जसले हजाराैं विद्यार्थीलाई कार्यकर्ता र सयाैं कार्यकर्तहरुलाई नेता बनाउदछ ।
७. सबै विद्यार्थी संगठनहरुले अबलम्बन गरेकाे बैचारिक अास्था, राजनीतिक र शैक्षिक एेजेण्डा, संगठनात्क पद्धती र अार्थिक जीवनशैली ठीक छ कि छैन भन्ने कुराकाे पुष्टि गर्न पनि स्ववियू निर्वाचनकाे विकल्प छैन ।
८.साना विद्यार्थी संगठनहरूले अाफ्नाे दायरा ठूलाे बनाउन तथा ठूला विद्यार्थी संगठनहरुले अाफू ठूलाे हाैं भन्ने दाविलाई पुष्टि गर्न पनि स्ववियु निर्वाचन जरूरी छ ।
९ . स्ववियु निर्वाचनकाे जनमतले पार्टीकाे जनमतलाइ नकारात्मक प्रभाव पार्छ कि भन्ने भयबाट विद्यार्थी संगठनलाइ स्ववियु निर्वाचनमा जानबाट राेक्न खाेज्ने राजनीतिक दलहरुकाे लघुताभासले पनि पार्टी र संगठन बन्ने देखिदैन !
१०. मानव समाज रहेसम्म राजनीति रहन्छ राजनीति रहेसम्म राजनितिक संगठन रहन्छ र राजनितिक संगठन रहेसम्म विद्यार्थी अान्दाेलन र स्ववियुकाे अाैचित्य रहन्छ । भन्ने कुराकाे हेक्का हाेस् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












