स्ववियु निर्वाचन अनिश्चितकालको लागी स्थगन गर्नु त्रिवि प्रशासनको असक्षमता
स्ववियू निर्वाचन अनिश्चितकालका स्थगनपछि विद्यार्थी नेता आक्रोशित, त्रिविविरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ ।
सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए । ‘सबै विद्यार्थी संगठन एकमत हुन नसकेकाले स्ववियू चुनाव स्थगित भएको छ’ उनले भने ।
त्रिविले रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्योः राजिव ढुंगाना
नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए।
तर ‘त्रिविमा निर्वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत भनेको रेक्टर हो’, उनले भने, ‘त्रिविले चाँडै रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्यो।’
‘हामी मनोनीत हुनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’ उनले भने, ‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ।’
उनले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराए। उनले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गरे।
स्ववियु निर्वाचन सम्पन्न गर्न नसके त्रिविका पदाधिकारी र विद्यार्थी नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ: तिलकराज भण्डारी
त्रिभुवन विश्वविद्यालय प्रशासनले यो या त्यो बाहाना पटकपटक स्ववियु निर्वाचनकाे तालिका सार्वजनिक गर्नुकाे सट्टा स्ववियु निर्वाचन स्थगन गर्ने निर्णय समग्र विद्यार्थी आन्दाेलनकाे विरुद्धमा रहेकाे भण्डारीले बताए।
विश्वविद्यालयले यथासिघ्र विद्यार्थी संगठनहरुकाे बैठक बाेलाइ निर्वाचनकाे मिति र कार्यतालिका सार्वजनिक नगरे विश्वविद्यालका विरुद्ध अान्दाेलन केन्द्रित गर्ने समेत उनले जानकारी दिए ।
प्रत्येक वर्ष विभिन्न बहानामा स्ववियू निर्वाचन रोक्ने प्रवृत्ति दोहरिदै आएको बताउदै विश्वविद्यालय वा जुनसुकै संगठन र नेतृत्वको कारणले स्ववियू निर्वाचन रोकिए पनि उसको बाहना र असली नियत विद्यार्थीहरुको विचमा कहिलै छिपाउन सकेकाे देखिदैन । यदि स्ववियु निर्वाचन सम्पन्न हुन सकेन भने विश्वविद्यालयको पदाधिकारी र विद्यार्थी अान्दाेलनकाे नेतृत्व नैतिक जिम्मेवारी लिनुपर्ने भण्डारीकाे दावि छ । ।
त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदै, बालेनले लिँदै शपथ
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय...
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...












