रुकुम (पूर्व) मा एसइई लक्षित रेडियोमार्फत दुर शिक्षा रेडियो कार्यक्रम सञ्चालन
सर्जना कार्की\रुकुम (पुर्व) । रुकुम (पूर्व) मा माध्यामिक शिक्षा परिक्षा (एसइई) लाई लक्षित गरी दुर शिक्षा रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ ।
तत्काललाई जिल्लाको भुमे गाउँपालिकाले रेडियोमार्फत दुर शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्षको चैत ६ गते हुने भनिएको इसइई परिक्षा स्थगित भएपछि तीनै विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाले दुर शिक्षा रेडियो कार्यक्रम सञ्चालनको तयारी थालेको हो ।
लकडाउनमा विद्यार्थीको परिक्षासँगै विद्यालय सबै बन्द भएपछि विद्यार्थीहरुको पढाइमा असर परेको भन्दै गाउँपालिकाले यस्तो अवधारणा अघि सारेको गाउापालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । लकडाउन खुल्ने बित्तिकै परिक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई टिउसन कक्षा सञ्चालन गर्न लागेको उहाँले बताउनुभएको छ ।
‘परिक्षाको तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सन्छन्’, अध्यक्ष बुढामगरले भन्नुभयो, परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत दुर शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेका छौ, यो कार्यक्रम जिल्लामा प्रभावकारी हुने छ ।’
तत्काल जिल्ला सदरमुकाम रुकुमकोटमा रहेको रेडियो पूर्वी रुकुमबाट पाँच विषयको कक्षा सञ्चालन हुने उहाँको भनाई छ । कक्षा सञ्चालनका लागी हप्ताको पाँच दिन विषय शिक्षकले प्रशिक्षण दिने, दुई दिन स्टुडियोबाट विद्यार्थीहरुलाई ज्ञानमुलक जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक संजाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाउने बुढाले बताउनुभयो ।
परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउनुहुन्थ्यो त्यसरीनै रेडियोबाट विषयगत शिक्षकमार्फत पढाउने तयारी भईरहेको गाउँपालिकाले जनाएको छ । एसइई तयारी गरिरहेका विद्यार्थीका लागि अङ्ग्रेजी, गणित, विज्ञान र अन्य विद्यार्थीको लागि नेपाली व्याकरण, अङग्रेजी ग्रामर र नैतिक शिक्षा विषयको कक्षा रेडियोबाट सञ्चालन हुने छन ।
यस कार्यक्रम सञ्चालन गर्नको लागि जिल्लाका अन्य दुई सिस्ने र भुमे गाउँपालिकासँग पनि समन्वयको प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बुढामगरले यस कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले लकडाउनका कारण खर्च हुन नसकेको शिक्षा तर्फको ६ लाख ८५ हजार बजेट विनियोज गरेको र अपुग भएमा अरु बजेट पनि व्यवस्थापन गर्ने बताइएको छ । देर शिक्षा रेडियो कार्यक्रम सञ्चालन गर्र्दै गर्दा स्रोत साधनको अभाव भएमा पनि त्यसको व्यवस्थापन गाउँपालिकाले गर्ने भएको छ ।
रेडियो कार्यक्रममार्फत पठाउने शिक्षकलाई गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो । रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागी गाउँपालिकाले प्रतिकक्षा एक हजार पाँच सय रुपैयाँ पारिश्रमिक दिने र टाढाका शिक्षकका लागि यातायातको व्यवस्था पनि गर्ने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय खोल्न वा टिउसन कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको अधिकृत श्रेष्ठको भनाई छ ।
रेडियोबाट प्रसारण हुने उक्त कार्यक्रमबाट रुकुम (पूर्व) का तिन वटै स्थानीय तहका विद्यार्थी, छिमेकि जिल्ला रुकुम (पश्चिम), रोल्पा, जाजरकोट र सल्यानका विद्यार्थी लाभान्वित हुने छन् । परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले गाउँपालिकाले थालेको रेडियो दुर शिक्षा कार्यक्रम सबैको लागि उपयोगि हुने गाउँपालिकाले विश्वास लिएको छ । अबको हप्तादिनमै कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै तिव्र रुपमा परिक्षाको तयारी गर्न पनि भनेको छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












