कक्षा ११ को परीक्षा कार्यक्रम तत्काल सार्वजनिक नगर्न निर्देशन
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम तत्काल सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको छ।
कोरोना कारण सरकारले हालसम्म विद्यालय पुनःसञ्चालनको निर्णय नगरिसकेको अवस्थामा विद्यालयले परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रास सिर्जना भएको भन्दै बोर्डले शुक्रबार एक सूचना जारी गरी सार्वजनिक नगर्न विद्यालयलाई निर्देशन दिएको हो।
सूचनामा भनिएको छ,‘कोभिड १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको पाइएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावकहरुमा त्रासको वातावरण सृजना हुन गएकोले सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सञ्चालनसम्बन्धी कार्यहरू नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।’
कक्षा ११ को परीक्षा सञ्चालन,व्यवस्थापन,मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविविधि,२०७७ भएअनुसार कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थीका हकमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्नपूर्व र नियमित परीक्षार्थीको हकमा कक्षा १२ को परीक्षा आवेदन फाराम भर्नुअगाडि विद्यालयको अनुकूलता सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयले नै सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












