कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने
काठमाडाैँ । कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ ।
विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी दिए ।
उनका अनुसार परीक्षाकाे मिति टुंगाे लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूकाे उच्च शिक्षा अध्ययन गर्ने बाटाे खुला गर्ने हिसाबले तयारी गरिरहेका छाैँ ।’
परीक्षाकाे माेडलबारे अन्याेल
दसैँअगाडि नै परीक्षा लिने तयारी गरिरहेकाे बाेर्ड कुन माेडलमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे भने अहिलेसम्म अन्याेलमा छ । एउटै काेठामा धेरै विद्यार्थीलाई राखेर परीक्षा लिन असम्भव हुने बाेर्डले जनाएकाे छ । ‘काेराेना त्रासका कारण पुरानाे माेडलबाट परीक्षा सञ्चालन गर्न असम्भव छ’, शर्माले भने, ‘अरू केकस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा हामी छलफलमै छाैँ ।’
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












