चैतभित्रै यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी
काठमाडौं। आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ ।
पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित मान्यतासमेत तोडेको छ । अब कोभिड–१९ का कारण विद्यालय बन्द भए पनि वैशाखबाटै शैक्षिक सत्र गणना हुने भएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो ढाँचा स्वीकृत गरेको हो । हाल विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत छन् ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले आगामी सात महिनाभित्रै यो वर्षको पठनपाठन पूरा हुने बताए । उनले संश्लेषित पाठ्यक्रमका आधारमा अब बाँकी रहेको सात महिनाभित्र नै शैक्षिक सत्र पूरा हुने बताए ।
शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइलाई मान्यता दिएको केही दिनमै संश्लेषित पाठ्यक्रम सार्वजनिक गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि सहज तरिकाले पठनपाठन हुन सकेको थिएन ।
गत १९ भदौमा शिक्षामन्त्री पोखरेलले कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको सार्वजनिक गरेका थिए ।
संश्लेषित पाठ्यक्रमअनुसार विद्यार्थीले आफैं पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्ने योजना बनाइएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्यांकनका उपाय सुझाउने उद्देश्यले पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको जानकारी दिए ।
उनले विद्यार्थीको सिकाइको मूल्यांकन प्रमाणका आधारमा गर्नुपर्ने मान्यताको ढाँचा निर्माण भएको बताए ।
पाठ्यवस्तु समायोजनका लागि एकीकरण, समूहीकरण र प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको छ ।
जसअनुसार तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ ।
विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।
शिक्षकले आन्तरिक र आवधिक मूल्यांकन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाए पनि विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने ढाँचा तयार पारिएको छ ।
विद्यार्थीको मूल्यांकन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने पाठ्यवस्तु समायोजन ढाँचा २०७७ मा उल्लेख छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












