सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगियो
काठमाडौं । सरकार र डा. गोविन्द केसीतर्फका प्रतिनिधिबीच बसेको वार्ता दोस्रो पटक पनि बिना निष्कर्ष टुंगिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार राति बसेको वार्ता बिना निष्कर्ष टुंगिएको हो । सरकारले सत्याग्रहको २४ औं दिनमा वार्ता समिति बनाएको थियो । तर समिति बनाएको दोस्रो दिन बिहीबार पहिलो र शुक्रबार दोस्रो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
डा. केसीका पक्षका समितिका संयोजक डा. जीवन क्षत्रीले बिहीबार बसेको वार्ता निकै सकारात्मक रहेको बताएका थिए । तर शुक्रबार राति भएको वार्तामा सरकार पछि हटेको देखिएको उनले बताए ।
उनले भने,“शिक्षा मन्त्रीले शुक्रबार मोबाइल अफ गरेर बसेको सरकारका तर्फका वार्ता समितिका सदस्यहरुले बताउनु भएको छ ।”
अन्तिमरुप दिइ नसकेको हुँदा अहिले भन्न सहमति भएको भन्ने नमिल्ने सरकारी वार्ता टोलीका सदस्यले बताएको उनले जानकारी दिए ।
शनिबारबाट देशैभर डा. केसीको जीवन रक्षाका लागि थप आन्दोलन गर्ने उनले बताए । शिक्षा मन्त्रीको गैरजिम्मेबारीपनले डा. केसीको ज्यान जोखिममा परेकोसमेत उनले बताए ।
उनका अनुसार सरकारको अमानवीय रवैयाविरुद्ध तथा डा. केसीको जीवरक्षाको लागि थप कडा सशक्त आन्दोलनका कार्यक्रमहरु ल्याउने उनले चेतावनी दिए ।
“मेडिकल क्षेत्रका विद्यार्थीहरु, नेपाल चिकित्सक संघलगायत विभिन्न संघसस्था र तथा आम नागरिकलाई आव्हान गर्दछौँ कि यस आन्दोलनबाट उत्पन्न हुनजाने असहज परिस्थितिका लागि नेपाल सरकार जिम्मेवार हुनेछ,” उनले भने ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












