विद्यालय खोल्न ललितपुर महानगरको अनुमति
ललितपुर । ललितपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ ।
महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो ।
विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यायलय खोल्न पाउनेछन् । ‘विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या समान छैनन्, यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी सञ्चालन गर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ,’ मेयर महर्जनले भने ।
उनले विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाउन समेत निर्देशन दिँदै सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य विज्ञसहित महानगरले विद्यालय सञ्चालनको अवस्था थाहा पाउन अनुगमन समेत गर्ने निर्णय गरेको जनाएको छ ।
महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्काले प्रविधि प्रयोग गरी लामो समयसम्म अध्ययन गरिरहेका विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्ने बताउँदै भने,‘नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउँदै जतिसक्दो छिटो विद्यालय खोल्नुपर्छ ।’
ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालय सञ्चालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने बताए । महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।
महालक्ष्मी नगरपालिकाले पनि हरेक विद्यालयलाई सरकारले जारी गरेको निर्देशिका अनुरुप आफ्ना विद्यालयको भौतिक पूर्वाधार र विद्यार्थी संख्याको अध्ययन गरी नगर शिक्षा शाखामा प्रस्ताव पेश गर्न आग्रह गरेको जनाएको छ ।
विद्यालयले पेस गरेको प्रस्तावमाथि नगर शिक्षा समितिको छलफलपछि मात्र विद्यालय सञ्चालन गरिने नगरका प्रमुख शिक्षा अधिकृत चिरञ्जिवि पौडेलले बताए । त्यस्तै, नगरपालिकाले विद्यालयसँग प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाइ पद्धति सञ्चालन निर्देशिका २०७६ तयार गरेर छलफल समेत गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












