पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्छौं: कर्ण थापा
धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी थापाले दिएका हुन् ।
‘एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो,’ इकागजसँग उनले भने, ‘तीन जनामन्त्रीलाई राजीनामा दिन पनि निर्देशन भइसकेको थियो । निर्देशनविपरीत निर्णय गरेको भन्ने सुन्नमा आएको छ । अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ एमाले स्थायी समितिको निर्णयविपरीत आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
सुदूरपश्चिम सरकारमा एमालेका तीन जना मन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।
अध्यक्ष थापाका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न । उनीहरूमध्ये सभामुखबाहेक माधव नेपाल पक्षका १८ जना र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ जना छ्न ।
एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेपछि तत्कालका लागि माओवादी नेतृत्वको सरकार जोगिएको छ । बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । बैठकले भविष्यमा आफ्मै नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसंग छलफल गर्ने पनि निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...
-
प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदनदेखि राष्ट्र बैंक विधेयकसम्म प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू...












