१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस
काठमाडौं : कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।
‘कोरोना संक्रमण जोखिम अझै कायमै छ,’उनले भने,‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भनेर मन्त्रालयमा हिजो सिफारिस गरेका छौँ,मन्त्रालय सिफारिस स्वीकृत गरेपछि अरू थप परीक्षाबारे निर्णय लिएर सार्वजनिक गर्छाैँ,कक्षा-१२ को भने भौतिक उपस्थितिमै हुन्छ।’
उनका अनुसार कक्षा-१२ को तत्काल हुँदैन। परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ। यसका लागि पाठ्यक्रम संशोधन गरिने उनले बताए।
कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा-१२ को परीक्षा स्थगित गरेको थियो। यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा-१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो। तर, कोरोनाका कारण परीक्षा हुन सकेन्।
परीक्षा स्थगित गरेकै दिन शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो। सोहीअनुरूप कार्यदलले एसईई र कक्षा-१२ को परीक्षाको मोडालिटी प्रतिवेदन गत बिहीबार बोर्डलाई बुझाएको थियो।
प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गराउनेलगायत सुझाव दिएको थियो। यस वर्षकाे एसइई परीक्षा दिनेमा करिब पाँच लाख विद्यार्थी रहेका छन्।
Comments
अरु समाचार
-
त्रिवि कार्यकारी परिषदद्वारा ८ डीन सहित ३ निर्देशक नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । शनिबार त्रिविको कार्यकारी परिषद्ले डीन...
-
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति...
-
प्रधानमन्त्री ओलीद्वारा आफैले अध्यायन गरेको विद्यालय भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
काठमाडौं । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...