स्वास्थ्य मन्त्रालयको प्रस्ताव– सबैखालका परीक्षा स्थगित गर्नुपर्छ
काठमाडौं । कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए ।
आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन् ।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए ।
यसबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोध्दा मन्त्रालयले अनविज्ञता प्रकट गर्यो ।
तर मन्त्रालयका एक अधिकारीले राष्ट्रिय परीक्षा बोर्डसँग हिजो बैठक बसेको र विद्यमान परिस्थितिमा सुरक्षित तवरले कसरी परीक्षा गराउने भन्नेबारे छलफल भएको बताए ।
राज्यमन्त्री श्रेष्ठको भनाइबारे बोर्डले पनि जानकारी नभएको बताएको छ ।
तर बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसबारेमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको स्पष्ट पारे ।
“यतिका सपिङ मल खोल्न हुने, यातायात चल्ने अनि कक्षा १२ को परीक्षा गराउँदा कोभिड हुने हो र ?,” उनले भने, “सरकार खोप चाहिँ स्टोर गरी राख्ने ? अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ ?”
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












