चक्रबर्ती एकेडेमीको सम्पति विवाद: अध्यक्ष भण्डारीमाथी ज्यान मार्ने धम्कीसहित पटक-पटक भाैतिक आक्रमण
काठमाडौं । चक्रवर्ती हवी एजुकेशन एकेडेमीका सञ्चालक देवेन्द्र बहादुर भण्डारीमाथि छोरा निरज भण्डारीले सम्पति विवादमा भौतिक आक्रमणसिहित डर धम्की दिन थालेका छन् ।
लामो समयदेखि चल्दै आएको सम्पति विवादमा निरजले कलेजको रकम हिनामिना गर्नुका साथै बुवामाथि पटक पटक आक्रमण गर्नुका साथै ज्यान मार्ने धम्की दिने गरेको स्रोतले बताएको छ ।
गएको १६ वर्षदेखि आफ्नो घरमा पाइला टेक्न नपाएका भण्डारीलाई छोरा निरजले कलेजमा भएको चल अलच सम्पति आफूलाई चाहियो भन्दै धम्काउने तर्साउने गर्न थालेपछि भण्डारी कानुनी उपचारका लागि विभिन्न सरकारी निकाय गुहार्न पुगेका छन् ।
सुरक्षा चुनौति महशुस गरेका भण्डारी शारिरीक अस्वस्थताका बाबजुत सन्तानलाई सम्पति दिन राजी भएपनि उनीहरु अदालतबाटै मुद्दाको छिनोफानो लाग्ने भन्दै ज्यान मार्ने धम्की दिनुका साथै भौतिक आक्रमण समेत गर्ने गरेका छन् । ५० कोठे घर बनाएका भण्डारी अहिले कोठा भाडामा बस्दै आएका छन् ।
२०५९ सालमा सिटिइभिटी र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर कानुन विषय अध्यापन गराउदै आएका चक्रवर्तीका सञ्चालक भण्डारीमाथि आफ्नै छोराले अश्लिल गाली गलौज गर्नेदेखि भौतिक आक्रमणको प्रयास गर्न थालेपछि न्युजनेपाल डटकमको सम्पर्कमा आएका उनले भने, म आफ्ना सन्तानलाई सम्पति दिने विषयमा कुनै लोभ गर्ने पक्षमा छैन् । आमाको देहान्तपछि उनीहरु ममाथि पुर्णरुपमा खनिने गरेका छन् । तर, मैले सन्तान हुन एकदिन सम्झेलान भनेर चुप बसे । निरजलाई कलेजको एमडी बनाएको थिए । तर, उनले कलेजबाट झण्डै दुई करोड रकम हिनामिना गरेर गए । त्यो सम्पति मेरो थिएन् । कलेजको सम्पतिमा त मेरो मात्रै अधिकारको कुरा पनि रहन्न् । सयौं विद्यार्थीको भविष्यसंग जोडिएको विषयमा यसरी मनोमानी गरेपछि कलेजले पैसा तिर्न ताकेता गरेको हो । उसलाई कलेजले पहिले नै बर्खास्त पनि गरिसकेको छ । हाम्रो सम्पति विवादको मुद्दा अदालतमा विचाराधिन छ । म अदालतले जे भन्छ त्यो गर्न तयार छु । अझ मिलापत्र गर्छु भनेर आएपनि सम्पति दिन तयार छु । बुढेसकालमा मलाई भौतिक आक्रमण गर्नेदेखि गाली गलौज गर्ने कार्यले आजित भएर म अब चुप बस्दिन । कानुनको सहारा लिनै पर्ने भयो ।
निरज भण्डारीले कलेजको एमडि हुदा आफ्नो तलव सुविधा बाहेक ४७ लाख कलेज बाट र वेष्ट फाइनान्सबाट १ करोड ७४ लाखको व्याज सहित ३ करोड कलेजलाई तिर्न बाँकी छ ।
यस्तै वेष्ट फानान्सबाट देवेन्द्र भण्डारीकी भतिजी तारा भण्डारीले जग्गा धितोमा राखी १ करोड कर्जा लिएकोमा देवेन्द्र भण्डारी त्यसको धन जमानि बसेका थिए । तारा भण्डारीले समयमा नबुझाएपछि फाइनान्सले लिलामको लागी ताकेता गरेपछि कलेजका एमडि निरज भण्डारीको नाममा कलेजको खाताबाट १ एक करोड ३५ लाख रकम फाइनान्सलाई बुझाउन दिएको पैसा समेत निरज भण्डारी र फाइनान्सको मिलेमतोमा त्यो रकम समेत निरज भण्डारीलाई फिर्ता दिएको थियो ।
यस्तै, निरजले भण्डारीको पीए बिमला हुमागाँईको समेत चरित्र हत्या गर्ने गरेका छन् । कलेजको नामको फेसबुक पेज खोलेर उनले जथाभावी लेखेर पोस्ट गर्न थालेपछि कलेज प्रशासनले साइबर ब्यूरोलाई पत्र लेख्दै फेसबुक पेज नै बन्द गर्न निवेदन दिनु परेको थियो ।
हुमागाँईमाथि निरजले भौतिक आक्रमण गर्न खोज्नेदेखि अश्लिल गालीगलौज गर्ने, तेरो बच्चालाई मारीदिन्छु भनेर बारबार मानसिक तनावसमेत दिने गर्दछन ।
म यो कलेजमा भण्डारी सरको पीएको रुपमा कार्यरत छु । मलाई सम्पति हडप्न लागेको भन्ने, अनी के के आरोप लगाएर भौतिक आक्रमणको प्रयास गरिन्छ । मैले मेरो जिम्मेवारी भन्दा बाहिर गएर गर्न सक्ने त केहि पनि छैन् । तर, ममथि एक पुरुष यसरी आक्रमणमा आउनु जायज होला त , उनले हामीसँग जिज्ञासा राखिन् ।
ठूलो मानसिक पीडा दिने र भौतिक आक्रमणको प्रयास हुँदा भने असाध्यै दुःख लाग्छ । यसको कानुनी उपचारको बाटो खोज्ने भन्ने कलेज प्रशासन र भण्डारी सरको आश्वासन पछि म पनि न्याय पाउने आशामा छुु, हुँमागाईले भावुक बन्दै भनिन् ।
न्युज नेपाललाई प्राप्त डकुमेन्टका अनुसार निरज कलेजको प्रबन्ध निर्देशकबाट २०७६ असार ११ गते नै बर्खास्त भइसकेका छन भने, कलेजले उनलाई २०७८ साउन २५ गते उनले रकम हिनामिना गरेको भन्दे १५ दिने सुचना निकालेको पाइएको छ ।
भण्डारीले लगाएको आरोपबारे निरजलाई बुझ्न न्युज नेपालले सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन् ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












