राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।
बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो । सर्ट लिस्टमा पर्नेमा शर्मासँगै हल्दिवारी गाउँपालिका एक झापाका प्रा.डा.घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, किर्तिपुर नगरपालिका–५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल रहेका थिए ।
अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, २०७८ बमोजिम उम्मेदवारको कार्यविधिका आधारमा मूल्यांकन गरी वर्णानुक्रमअनुसार लोक सेवा आयोगले सूची सार्वजनिक गरेको थियो । सूचीमा सूचीकृत भएका उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण पुष १ गते भएको थियो भने उनीहरुको अन्तरवार्ता पुष दुइ गते आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा भएको थियो ।
अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा गठित समितिले मंसिर ९ गतेसम्मको समय दिएको थियो । बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए । समिति गठन भएको १५ दिन पछि दरखास्त आह्वान गरिएको थियो ।
Comments
अरु समाचार
-
त्रिवि कार्यकारी परिषदद्वारा ८ डीन सहित ३ निर्देशक नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् । शनिबार त्रिविको कार्यकारी परिषद्ले डीन...
-
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति...
-
प्रधानमन्त्री ओलीद्वारा आफैले अध्यायन गरेको विद्यालय भवन उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । तेह्रथुमको...
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी...
-
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
काठमाडौं । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द...
-
विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई प्रदान
काठमाडौं । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...