नेपालको शिक्षा र राजनीति
राजनीति दुई शब्द्ले बनेको हुन्छ, राज+नीति यसको अर्थ नियमअनुसार गर्ने शासन हो।विशेष उदेश्यका साथ देश र समाजलाई राजको नितिभित्र रहेर परिवर्तन गराउनेलाई रजनिती भनिन्छ।
जब देखि मानव समाजको विकास हुनथाल्यो,त्यही समयदेखी राजनितीको पनि विकासका साथै प्रयोग हुँदै आएको छ।यसको मूल उदेश्य भने जनता,समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति,प्रगती तर्फ लैजानुहो।राजनिती गर्ने व्यक्तीलाई नेता भनिने गरिन्छ। संसारभर एतिहासिक कालदेखी कुनै पनि राज्यको संचालन साथै त्यस्को उन्नति-प्रगतिको लागि राजनितीको मुख्य भुमिका रह्दै आएको छ।यदि राजनीति निश्चल,नि:स्वार्थ भएमा त्यो देशको आर्थिक उन्नति गतिशील हुन्छ।
तर राजनीतिमा स्वार्थ, भ्रष्टाचार आएमा राज्यको राम्ररी संचालन साथै उन्नति प्रगतिमा बाधा आउने गर्छ।राज्यको सोचेको जस्तो विकास हुन सक्दैन। शिक्षालाई ज्ञानको ज्योति भनिन्छ। शिक्षामा व्यक्ति र समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने क्षमता हुन्छ । जुन समाजमा शिक्षा विकास भएको हुन्छ।त्यस देशको चारैतर्फ विकाश भएको हामिले पाउन सक्छौं। यसको एक उदाहरण जापान पनि हो।
शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र त्यस मानिसलाई प्रसस्त उज्यालो मार्ग निर्देशन गर्छ। जसको परिणाम स्वरुप त्यो देश,समाज र राजनितिमा अमुल्य र गतिशील परिवर्तन आउँछ।शिक्षित व्यक्ती समाजसंग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनितीको संचालन हुने गर्छ।त्यसैले,असल राजनिती र राजनितीज्ञको लागि शिक्षाको ठुलो महत्त्व छ। शिक्षा र राजनिती एउटयै सिक्काका दुई पाटा हुन्। शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने विकसित राजनितीमा बौद्धिक समाज शिक्षा बिना कल्पना गर्न सकिँदैन। हाम्रो देशको सन्दर्भमा भने मानिसहरुले राजनितीलाई एक नराम्रो रुपले हेरिरहेका छन्।
शिक्षालाई राजनीतिको एउटा पक्षको रुपमा हेरिनु पर्नेमा शिक्षाभित्र राजनीतिक चलखेल नै अभिष्ट ठानिरहेका छन्–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिक दर्शन अनुरुपको व्यवहार छैन–हाम्रा राजनीतिकर्मीहरु । राजनीतिमा त्यसैले त अन्यौल छ, पहिचानमा समस्या बनेको छ । काल्पनिक चित्रमा वास्तविकता खोज्नु मुर्खता बढिरहेको छ । आफ्नोपन अर्थात् मौलिकता र स्वभाव अनुरुपको राजनीति नहुनुले राजनीतिक दलहरुको परिचय अप्ठ्यारोमा परिरहेको छ ।
मानिसका अनुसार हडताल,नारावाजी,जुलुस,बन्द र अनसन जस्ता नाकारात्मक कुरा मात्र हो भने सोच्दछन्। राजनितीलाई एक फोहोरी खेलका रुपमा हेर्ने गर्द्छन। राजनिती भनेको त आफैंमा एक विज्ञान हो।हामिले राजनितिलाई राम्रोसँग अध्ययन-अनुसन्धान गर्यौ भने हामिले यसको महत्त्व भुझ्नेछौं। तर हाम्रो देशमा भ्रष्टाचार जस्ता नाकारात्मक क्रियाकलाप हुन्छन्। जसका कारण जन्ताले राजनिती नाकारात्मक क्रियाकलाप भन्ने मात्र बुझेका छन्। हाम्रो देशको राजनितीमा एतिहासिक कालदेखी नै शिक्षाको ठुलो भुमिका रहिआएको छ। जबदेखि राणाशासन संलग्न थियो,त्यतीबेला नेपालको साक्षरता दर २५ मात्र थियो। विभिन्न कालखण्डदेखि अहिलेको कालखण्डसम्म शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ६७-९५ पुगेको छ।
बिस्तारै शिक्षामा आएको वृद्धिले गर्दा देश राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ। पन्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था ,गणतन्त्र व्यवस्था यो सबै शिक्षाको विकासका कारण नै राजनीतिमा भएको परिवर्तन हो। तर हाम्रो देशमा राजनिती गर्ने राजनितीज्ञ व्यक्तिहरु शिक्षित नै छैनन् । शिक्षाको कमिले गर्दा देशको विकासमा बाधा आइरहन्छ।भ्रष्टाचारको कमि छैन। विकासमा निरन्तरता छैन। सरकार परिवर्तन भइरहन्छ। चहे जति विकास हुन सकेको छैन। यसको मुख्य कारण भनेको शौक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरु राजनितिमा प्रवेश नगर्ने र अशिक्षित व्यक्ती राजनीतिमा प्रवेश गरेर यसको फाइदा लिनुले हो। हाम्रो देश विकास गर्नका लागि राजनीतिक मुल्यमान्यतामा परिवर्तन ल्याउनु युवावर्गले राजनितीमा प्रवेश गर्नुपर्छ।
साथै मानिसहरुलाई राजनीतिको नाकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ। बालबालिका भनेको त भविष्यका कर्णाधार हुन् । उनिहरुलाई पनि राजनितिबारे जन्ने,बुझ्ने,शिक्षप्रद क्रियाकलाप गराउनुपर्छ। यदि उनिहरुले राजनीतिलाई फोहोरी खेलको रुपमा हेर्न थाले भने भविष्यमा राजनितीको नाकारात्मक पक्ष मात्र मान्छेले देख्छन्। राजनीतिको नाकारात्मक पक्षहरु हटाउन शिक्षाको पनि विकास गर्नुपर्छ।
लेखकः आँचल राय कानुनको विद्यार्थी हुन
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












