दोलखाबाट प्रतिनिधिसभा सदस्यमा माओवादीका गंगा कार्कीको जित
काठमाडौं । दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले जित हासिल गरेका छन् । कार्कीले ३६ हजार ९९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले ५१८ मतान्तरले चुनाव जितेका हुन् ।
समानुपातिकको गणना भने जारी छ । समानुपातिकको मतपेटिकामा प्रत्यक्षको मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितको अन्तरको अंक केही तल माथि पर्न सक्ने जनाइएको छ । दोलखासँगै देशभरको निर्वाचन परिणाम प्राप्त भएको छ । अब भने माओवादी केन्द्रको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट पुगेको छ ।
उता, दोलखाको प्रदेश सभा १ बाट भने कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले जित हासिल गरेका छन् । काफ्लेले एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दैजित हासिल गरेका हुन् । उनले २३ हजार २३१ मत प्राप्त गरे । एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत ल्याए ।
त्यस्तै, प्रदेशसभा २ मा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । केसीका निकटत प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











